logo
  • शुक्रबार, असोज ९ २०८३

जिल्लाका दुई नगर र तीन गाउँपालिकामा एमालेको जीत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार १७ ।
जिल्लाका दुई नगरपालिकामा एमालेले पाँच बर्षका लागि लाल किल्ला खडा गरेको छ । रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकामा एमाले शानदार जित हाँसिल गरेको छ । एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल रेसुंगाको मेयर पद जितेका छन् ।
भुसालले छ हजार तीन सय ८८ र उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवन प्रसाद श्रेष्टले छ हजार दुई सय ४१ मत प्राप्त गरे । त्यस्तै उपमेयरमा नेकपा एमालेकै सिता भण्डारी बिजयी भइन् ।

उनले सात मतको अन्तरमा कांग्रेसकी अमृता देवि कुवंरलाई पराजित गरिन् । भण्डारीको छ हजार दुई सय २८ र कुवंरको छ हजार दुई सय २१ मत प्राप्त भएको निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए ।

भुसाल २० वर्ष अघि पनि तम्घास गाविस अध्यक्षका लागि श्रेष्टकै प्रतिस्प्रर्धी हुन् । तर २०५४ सालमा श्रेष्टले भुसाललाई हराएका थिए । नेकपा एमालले प्रमुख र उपप्रमुख सहित छ वटा वडा जितेको छ । भने नेपाली कांग्रेसले आठ वडामा बिजय हासिल गरेको छ ।

कांग्रेसका जिल्ला सभापति श्रेष्ठ र एमालेका सचिवालय सदस्य भुसालबिचको प्रतिस्प्रर्धालाई निकै महत्वका साथ हेरिएको थियो । रेसुंगा नगरपालिका कांग्रेसले आफ्नो पकेट क्षेत्र मानेका थिए । भने एमालेले त्यो तोड्न पहिले देखि नै निकै कोशिस गरिरहेको थियो ।

मुसिकोट नगरपालिका पनि एमालेले जितेको छ । नगरको मेयर पदका नेकपा एमालेका पार्टी सचिव सोमनाथ सापकोटाले एक हजार ८१ मतले कांग्रेसका कृष्णहरि सापकोटालाई पराजित गरेका छन् ।

बिजेता सापकोटाले छ हजार छ सय ६८ र पराजित सापकोटाले पाँच हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा एमालेकै कमला शर्माले आठ सय ८७ मतले कांग्रेकी बिष्णु सापकोटालाई पराजित गरिन् । शर्माले छ हजार छ सय सात र सापकोटाले पाँच हजार सात सय ८७ मत प्राप्त गरेको पत्रकार कमल पौडेलले जानकारी दिए ।

तीन गाउँपालिकामा एमाले

छत्रकोट गाउँपालिका एमालेले जितेको छ । गाउँपालिका प्रमुखमा एमालेका कार्याबहाक अध्यक्ष समेत रहेका मधुकृष्ण पन्तले कांग्रेस माओवादीको तर्फबाट संयुक्त उमेदवार अनन्तराम पौडेललाई चार सय ३७ मत अन्तरले पराजित गरेका छन् ।

पन्तले पाँच हजार पाँच सय ५१ र पौडेलले पाँच हजार एक सय १४ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकै नर्मदा भण्डारीले सात सय ५० मत अन्तरले गठबन्दनका उपप्रमुख माओवादी केन्द्रका राम प्रसाद पाण्डेयलाई पराजित गरेकी छन् ।

भण्डारीले पाँच हजार चार सय ७६ र पाण्डेयले चार हजार सात सय २६ मत प्राप्त गरेका छन् । गुल्मीको मालिका गाउँपालिकामा एमालेले विजयी हासिल गरेको छ । एमालेका अध्यक्षका उम्मेदवार रित बहादुर थापाले पाँच सय ९५ मत अन्तरले कांग्रेसका ज्ञान बहादुर कार्कीलाई पराजित गरेका छन् ।

थापाले चार हजार ४२ र कार्कीले तीन हजार चार सय ४७ मत ल्याएका छन् । त्यस्तै एमालेकै उपप्रमुख देवा अर्यालले तीन सय पाँच मत अन्तरले कांग्रेकै सिता अर्याललाई पराजित गरेकी छन् । देवाको चार हजार ६४ र सिताको तीन हजार सात सय ४७ मत रहेको छ । माओवादी केन्द्रका देबिराम अर्यालले दुई हजार ४० मत ल्याएका छन ।

मालिका गाउँपालिकामा कायम गरिएको ८ वडा मध्ये १ नम्बर वडामा कांग्रेसले जित हात गरेको छ । भने बाँकी सबै वडामा एमालेले जित हासिल गरेको छ ।
गुल्मीको रुरु गाउँँपालिकामा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार निलकण्ठ गौतमले बाह्र सय ५९ मत अन्तरले माओवादी कांग्रेस गठबन्धनका यदु ज्ञवालीलाई पराजित गरेका छन् ।

गौतमको पाँच हजार २२ र ज्ञवालीको तीन हजार सात सय ६३ मत रहेको छ । त्यस्तै एमालेबाट उपाध्यक्षका उम्मेदवार लक्ष्मी पन्त पाँच हजार चार सय ८८ मत प्राप्त गरि विजयी भएकी छन् । भने काङ्ग्रेसको तर्फबाट उपप्रमुख बनेका देवेन्द्र मल्लले तीन हजार चार सय ४६ मत ल्याएका छन् ।

गठबन्धनले खाता खोले

गुल्मीमा कांग्रेस माओवादी गठबन्धनका पाँच वटा गाउँपालिका मध्ये धुर्कोट गाउँपालिका सफल भएको छ । गठबन्धनका प्रमुख भुपाल पोख्रलेले एमालेका कृष्ण घिमिरेलाई तीन सय ६५ मतको अन्तरले पराजित गरेका छन् । कांग्रेस माओवादी केन्द्रका संयुक्त उमेदवार पोखरेलले पाँच हजार एक सय १६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका घिमिरेले चार हजार सात सय ५३ प्राप्त गरेका थिए । त्यस्तै उपप्रमुखमा पनि गठबन्धनकै कांग्रेसका शिव केसी ७० मतको अन्तरले विजयी भएका छन् । केसीले चार हजार आठ सय १६ र एमालेकी रिता थापा चार हजार आठ सय ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धुर्कोट गाउँपालिकामा अरु सवै पार्टीबिच एमाले एक्लै प्रतिस्प्रर्धा गरिरहेको थियो । गठबन्धनले धुर्कोट गाउँपालिकाका ७ वडा मध्ये चार र एमालेले तीन वडामा वडाध्यक्ष सहित सवै प्यानल जितेको छ ।

कांग्रेसका दुई गाउँपालिका

गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका प्रमुख बनेका कांग्रेसका उम्मेदवार दोर्ण खत्री निर्वाचित भएका छन् । उनले तीन हजार पाँच सय मत ल्याएर बिजयी भएका हुन ।

उपप्रमुखमा भने एमालेकी राधिका अर्याल निर्वाचित भएकी छन् । उनले ३४ सय ६७ मत ल्याएर बिजयी भएकी छन् । सोहि गाउँपालिकामा एमालेका उमेदवार मिमलाल श्रेष्ठले तीन हजार दुई सय ९४ मत ल्याएका छन् ।

उपप्रमुख कांग्रेसकी भगवती अर्याललले तीन हजार तीन सय ४९ मत ल्याएकी छन् । उक्त गाउँपालिकामा एमालेले चार वटा वडा जितेको छ । सोहि गाउँपालिकामा माओवादी केन्द्रले दुई वडा जितेको छ । भने कांग्रेस २ वटा वडाको अध्यक्षमा निर्वाचित भएको छ ।

जिल्लाको गुल्मी दरवार गाउँपालिका नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेस अशोक कुमार थापाले नेकपा एमालेका कृष्ण भुसाललाई आठ सय २५ मतको अन्तरले पराजित गरेका छन् ।

थापाले पाँच हजार पाँच सय ७५ र भुसालले चार हजार सात सय ५० मत प्राप्त गरेको शिक्षक सन्तोष शर्माले बताए । उपप्रमुखमा कांग्रेसकै मिना भण्डारीले आठ सय ९० मत अन्तरले एमालेकी शुशिला पुनलाई पराजित गरेकी छन् । भण्डारीले पाँच हजार छ सय आठ र पुनले चार हजार सात सय १८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend