साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १७ ।
छत्रकोट गाउँपालिका एमालेले जितेको छ । गाउँपालिका प्रमुखमा एमालेका कार्याबहाक अध्यक्ष समेत रहेका मधुकृष्ण पन्तले कांग्रेस माओवादीको तर्फबाट संयुक्त उमेदवार अनन्तराम पौडेललाई चार सय ३७ मत अन्तरले पराजित गरेका छन् ।
पन्तले पाँच हजार पाँच सय ५१ र पौडेलले पाँच हजार एक सय १४ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकै नर्मदा भण्डारीले सात सय ५० मत अन्तरले गठबन्दनका उपप्रमुख माओवादी केन्द्रका राम प्रसाद पाण्डेयलाई पराजित गरेकी छन् ।
भण्डारीले पाँच हजार चार सय ७६ र पाण्डेयले चार हजार सात सय २६ मत प्राप्त गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend