साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १७ ।
निकै रोचक प्रतिस्प्रर्धाका साथ रेसुङ्गा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा बिजयी भएका छन् ।
भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवन प्रसाद श्रेष्टले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकै सिता भण्डारी बिजयी भएकी छन् । उनले सात मतको मात्र मतान्तरले कांग्रेसकी उपमेयर पदकी उमेदवार अमृता देवि कुवंरलाई पराजित गरेकि छन् ।
भण्डारीले छ हजार दुई सय २८ र कुवंरले छ हजार दुई सय २१ मत प्राप्त गरेकी छन् ।













© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend