साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १६ ।
जिल्लाको गुल्मी दरवार गाउँपालिका नेपाली कांग्रेसले जितेको छ । बिहिबार बिहानबाट मतगणना शुरु भएको थियो । जुन गाउँपालिकामा नेपाली कांग्रेस अशोक कुमार थापा गाउँपालिका प्रमुखमा बिजयी बनेका छन् ।
उनले नेकपा एमालेका कृष्ण भुसाललाई आठ सय २५ मतको अन्तरले पराजित गरेका छन् । थापाले पाँच हजार पाँच सय ७५ र भुसालले चार हजार सात सय ५० मत प्राप्त गरेको शिक्षक सन्तोष शर्माले बताए ।
त्यस्तै गुल्मी दरवार गायँपालिकाको उपप्रमुखमा कांग्रेसकै मिना भण्डारीले आठ सय ९० मत अन्तरले एमालेकी शुशिला पुनलाई पराजित गरेकी छन् । भण्डारीले पाँच हजार छ सय आठ र पुनले चार हजार सात सय १८ मत प्राप्त गरेकी छन् ।
गुल्मी दरवार गाउँपालिकामा १५ हजार तीन सय ६७ मतदाता मध्ये ११ हजार ३४ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेसले चार र नेकपा एमालेले तीन वडा जितेको छ । सवै वडा दुवै पार्टीले प्यानलनै जितेका हुन् ।
दुई नगर र नौ गाउँपालिकामा मतगणना कार्य भैरहेको छ । भने केहि मतपरिणाम आउनेक्रम पनि जारी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend