साझा नेटवर्क
गुल्मी, असार १६ ।
जिल्ला सदरमुकाम तमघास भित्रको रेसुङ्गा नगरपालिकाको सहमतिमा स्थगीत गरिएको मतगणना शुक्रबार बिहानबाट पुनः सुरु भएको छ। बिहीबार रातिसम्मको मत परिणाम अनुसार गणना भएका छ वडामा नेपाली कांग्रेसको प्यानल सहित जित हासिल गरेको छ।
गणना भएका वडा नं १, २, ३, १२, १३ र १४ मा नेपाली कांग्रेसले शानदार जित हासिल गरेको छ । गणना भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले २ हजार ६ सय १३ मत प्राप्त गरि अग्रता कायम गरेका छन।
कांग्रेस उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसालले २ हजार १ सय ७२ मत ल्याएर पच्छाईरहेका छन। माओवादी केन्द्रका धर्म विकले भने जम्मा १ सय ६७ मत प्राप्त गरेका छन।
स्मरण रहोस साविकको तमघास गाविसमा यश अघि भएको स्थानीय निर्वाचनमा दुईपटक नै भुवनप्रसाद श्रेष्ठले एमालेका डिल्लीराज भुसाललाई पराजित गराएका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend