साझा नेटवर्क
कमल पौडेल, बागलुङ असार १५ ।
बडिगाड गाउँकार्यपालिकाको दोश्रो पूर्ण वैठक ग्वालीचौरमा सम्पन्न भएको छ।वैठकमा १० ओटै ओडाका अध्यक्षले अघिल्लो वैठकले गरेका निर्णय कार्यान्वयनको समिक्षा गर्नुभएको छ।
आगामी आर्थिक वर्षको लागी यहि असार २१ गते भित्र वडाले टोल स्तरवाट योजना छनौट तथा प्राथमिकिकरण गरि कार्यपालीकामा वुझाउने निर्णय गरेको छ। त्यस्तै वैठकले गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न समितिहरुको गठन गरेको छ।
जसअनुसार राजश्व परामर्श समितको संयोजकमा उपाध्यक्ष अम्मर वहादुर श्रीस, सदस्यहरुमा कार्यकारी प्रमुख दुर्गा पौडेल, सदस्य हिमा खरेल, कृष्ण गुरुङ र सदस्य सचिवमा जोक वहादुर घर्ति रहनु भएको छ।
त्यस्तै श्रोत अनुगमन तथा वजेट सिमा निर्धारण समितिको संयोजकमा अध्यक्ष मेयरसिंह पाईजा, सदस्यहरुमा अम्मर वहादुर श्रीस, दुर्गा पौडेल, विष्णु प्रसाद भुसाल, केश कुमारी छन्त्याल, बोम वहादुर थापा तथा सदस्य सचिवमा थम्मन वहादुर रेश्मी रहनुभएको छ।
वैठकले गाउँपालिकाको प्रवक्तामा विष्णु भुसाललाई चयन गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँपालिकाको भावि योजना निर्माण गर्नको लागी विज्ञ सहितको छलफल आयोजना गर्ने निर्णय गरेको छ जसको लागी यहि असार २३ गते विज्ञ डाक्टर सुदर्शन सिलवाललाई झिकाउने निर्णय गरेको छ ।
वैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend