साझा नेटवर्क
गुल्मी, असार १४।
गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा नेपाली काँग्रेसका प्रतिनिधिमाथि खुकुरी प्रहार भएको छ । काँग्रेस प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएको काँग्रेस नेता खिलध्वज पन्थीले जानकारी दिए ।
खत्रीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ । दुई पक्षबीच विवाद हुँदा झाँक्रीलाई सुरक्षित स्थानमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले बताए ।
मतदानका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घटनाको बारेमा विस्तृत जानकारी नआएको प्रहरी प्रमुख रावलले बताए । नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताकाअनुसार झाँक्री नेतृत्वको एक समुहले खत्रीसहितका आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
बुधबार विहान वाङलामा काँग्रेस कार्यकर्ता अनिल विकमाथि छुरी प्रहार भएको छ । छुरी प्रहार भइ घाइते विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend