logo
  • शनिबार, साउन ३० २०८३

म “माओवाद” मा विस्वास गर्दिन “डेमोक्रेसी” मा विस्वास गर्छु : युवा नेता पौडेल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

FB_20160608_21_27_07_Saved_Picture पश्चिम  नेपालको पहाड़ी जिल्ला गुल्मीको सुदुर पुर्वी गाबिस भुर्तुड्गको तमेमा बिक्रम संवत २०२५ साल ०५ औ महिना ०७ गतेका दिन पिता बेणी माधव पौडेल र आमा पबित्रा पौडेलको जेठो सन्तानका रुपमा जन्मिएका राजनीतिज्ञ गोकर्ण पौडेल भुर्तुड्ग जस्तो बिकट गाबिसमा अभाव र प्रभाव सँग पौठेजोरी खेल्दै नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको “स्वकिय सचिव ” जस्तो ओहदामा पुग्न सफल ब्यक्तित्व हुनुहुन्छ । मृदुभाषी,सरल र मिजाशिलो स्वभावका धनि पौडेललाई नेपाली कांग्रेस पार्टीले “युवा नेता” को रुपमा प्रस्तुत गरेपनि उहाँ सधै आफुलाई पार्टी कार्यकर्ता नै भन्न रुचाउनुहुन्छ ।

हाल काठमाण्डौको महाराजगँज स्थित अलिसान महलमा बस्ने पौडेललाई महलको भन्दा गाँउको टिनसेड घरको नै चिन्ता बढि छ । आफ्नो मेहनत र लगनशिलतालाई आधार बनाएर “दिन दुई गुना र रात चार गुना ” प्रगति गरिरहेका पौडेल “करोडपति भुर्तुड्गेली ” हरुको सुचीमा शिर्षमा पर्नुहुन्छ । गुल्मी छापचौरमा स्थित श्री दुर्गा भवन उच्च माध्यमिक विद्यालय हुदै काठमाण्डौको नेपाल ल कलेज बाट BL गरेका पौडेल काठमाण्डौमा रहि सक्रिय राजनीति तथा ब्यवसायमा जम्नुभएको छ । व्यव्साय कै सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका पौडेलसँग समसामयिक बिषयमा पत्रकार देबेन्द्र केसीले साझा नेटवर्कका लागि तयार पार्नु भएको कुराकानी ।

हजुरले आफुलाई समाजसेवी भन्न रुचाउनु हुन्छ कि राजनीतिज्ञ ?
दुबै ! म समाजसेवी त राजनीति नगर्दा पनि थिए जस्तो लाग्छ । राज्यको निति मान्ने राजनीतिज्ञ र राजनीतिज्ञ भएर गरिने समाजसेवा न हो र एक राजनीति कर्मीको धर्म र कर्म पनि हो समाजसेवा । तसर्थ म राजनीति र समाजसेवा दुईवटै पाटोमा छु जस्तो लाग्छ ।

हजुर त स्वर्गीय पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको “स्वकीय सचिव” रहेको मान्छे, उहाँ सङ्गको सहयात्रा कस्तो रह्यो ?
उहाँ एकदमै सहज र सजिलो मान्छे , उहाँ सड्ग मैले पुरा १९बर्ष ०९महिना र ०७ दिन काम गरेँ ।मैले जिवनमा जे पाँए त्यो सबै काड्ग्रेस पार्टी र स्वर्गीय गिरिजा बाबु बाट पाँए । म एककिसिमले भन्दा भाषमा गढेको मान्छे , अभाव र प्रभाव सँग पौठेजोरी खेल्दै बाल्यकाल बिताएको मान्छे , मलाई ट्रयाकमा ल्याउनुभयो । धेरै मिस गर्छु त्यसैले त म उहाँ बाहेक कसैको पनि “स्वकीय सचिव ” नबस्ने भनेर काँग्रेस सभापति शेर बहादुर देउबा जी को आग्रहलाई पनि मानिन ।

गिरिजा बाबु सँग एति धेरै क्लोज किन ?
हेर्नुस , उहाँ द्दढ स्वभाव भएको मान्छे ‘म जे बोल्छु त्यहि गर्छु ‘ भन्ने मान्छे उहाँको अद्वितीय साहस र कार्य गर्ने शैली मलाई मन पर्छ । आफ्नो कुशल नेतृत्व मार्फत राज्यलाई पनि ठुलो गुन लगाएका कोईरालाले माओबादीलाई पनि ‘बन्दुक छोडाएर ब्यालेट’ को बाटोमा ल्याउने हिम्मत गर्नुभयो । सदियौ देखी जरा गाडेर बसेको सामन्ति राजतंत्र उहाँ कै नेतृत्वमा बढारियो यि सबै कुराले गर्दा मलाई गिरिजा बाबु मन पर्छ र उहाँको अभाव खड्किरहन्छ ।

भनेपछि गिरिजा बाबु हजुरको आदर्श हुनुहुन्छ ?
होईन आदर्श होईन उहाँ एक्टिभिस्ट हो । एक्टिभिस्ट कहिल्यै आदर्श हुदैन र मन पर्नु आदर्शवाद पनि हैन। मेरो आदर्श त बिपी कोईराला,पंडित जवाहरलाल नेहरू अनि माहात्मा गान्धी हुनुहुन्छ। आदर्शलाई फ्लो गरिन्छ भने एक्टिभिस्ट सँग सहयात्रा गरिन्छ । फेरि अर्को कुरा सहयात्रा काँग्रेस सभापति देउबा र एमाओबादी अध्यक्ष प्रचण्ड सँग पनि छ ।

FB_20160608_21_26_15_Saved_Picture

पछिल्लो पटक हजुरको झुकाव एमाओबादी तिर बढ्दै छ भन्ने हल्ला जनमानसमा सुनिन्छ नि ! कुरा के हो  ?
मेरो काँग्रेस सित मात्र नभएर एमालेका लिडरहरु अनि एमाओबादीका लिडरहरु सँग पनि राम्रो समन्ध छ समन्ध राम्रो हुदैमा झुकाव बढ्ने होईन । प्रचण्ड जीले मलाई राम्रो मान्नुहुन्छ मैले पनि आदर गर्छु यो ब्यक्तिगत कुरा हो तर म “माओबाद ” मा बिस्वास गर्दिन म “डेमोक्रेसी ” मा बिस्वास गर्छु ।

तपाई आफ्नो जीबनलाई सफल मान्नुहुन्छ या असफल ?
एकदमै सफल किनकि म मान्छे भएर जन्में । के मान्छे भएर जन्मन पाउनु सफलता हैन  ? म कुकुर त बनिन नि ! अर्को कुरा म आफुलाई, परिवारलाई, समाजलाई अनि जन्मभूमिलाई सम्झिन्छु हरेक बिकास निर्माणमा सघाउने प्रयास गर्छु । जनताका पिरमर्काहरुलाई बुझ्ने प्रयास गर्छु कमसेकम जगलाई आसा देखाउन सक्ने त भएँ यो पनि त सफलता हो ।

एउटा सफल मान्छेको पछाडि एउटी आईमाई हुन्छिन भन्छन । हजुरको सफलताको पछाडि पनि कोहि छ  ?
यदि मेरो सफलताको पछाडि कोही छ भने त्यो मेरी अर्धांगिनी हुन । मेरी जिबन सड्गिनीले मलाई हरेक दुख सुख अनि हाँसो , आँशुमा साथ दिईन उनि शालिन छिन, मासूम छिन तर मेरो अभावमा प्रभाव बनेर उदाउछिन । अनि आशीर्वादको कुरा गर्ने हो भने मेरो बाबा , आमा अनि कुल देवताको आशीर्वाद रुपी हात  सधै मेरो शिरमा छ ।

हजुरको जीबनमा घटेको कुनै दुखद पल छ जल्ले तपाईलाई झकझोर बनाउछ ?
त्यसो त मेरो जिबनमा दुख कति पटक आए र गए म आफैले गन्न र भन्न सक्दिन मत दुखैमा हुर्केको मान्छे एकचोटी आएपो गन्नुनि ! तै पनि मेरो जिबन बाट जहिले बुबा बिदा हुनुभयो त्यो दिन र जुन दिन यो देशको धरोहर गिरिजा बाबु स्वर्गवासी हुनुभयो त्यो मेरो जिबनकै सबै भन्दा दुखद पल हो । त्यो दिनले आजपनि  मलाई निद्रा बाट ब्युझाईदिन्छ ।

सानो छँदा गाँउघरमा साथी भाईहरु सँग गरेको रमाईलो घटना याद छ  ?
(मुसुक्क हाँसेर रमेश पौडेल तर्फ औला देखाउदै ) उ उहाँ भाईलाई सोध्नुस सानोमा मोजाको भलिबल बनाएर खुब खेल्थ्यौ । खनिया अनि ऐसलु खान टुनिखोला र पाताल चहार्थयौ , टुनीखोलामा नाड्गै नुहाउनु ,गुच्चा , ढेक्का , खोप्पी खेल्नु अनि जन्ती बनाएर बिहेको नक्कल गरि खेल्नु ति दिन सम्झेर अहिले हाँसो लाग्छ अझ उति बेलाका साथीहरु सँग भेट हुदाँ ति रमाईला दिन सम्झेर खुब हास्छौ ।

हजुर अहिले भारतमा हुनुहुन्छ ! भारत सँगको सम्बन्धको बारेमा बताईदिनुस न  ?
भारत सँग भाषा मिल्छ , संस्कृति मिल्छ ‘रोटी र बेटी ‘को समन्ध छ । खुल्ला बोर्डर भएकोले दुई देश बिच बन्द ब्यापार , नोकरी र औसधोपचार गर्न एक अर्काको मुलुकमा जान पाईने छुट छ भारत नेपाल समन्ध राम्रो भएर त होनी गत बैशाखमा ११ बजेर ५५ मिनट जाँदा आएको भुकम्पको रेसक्यु गर्न २ बजेर ३० मिनट जाँदा भारतीय सेनाका हेलिकप्टरहरु काठमाण्डौ पुगेका थिए ।

सम्बन्ध जस्तो भएपनि अन्त्यमा नाकाबन्दी गरेर भुकम्पले थिलोथिलो भएको देशलाई थप पिडा दिएन र भारतले ? अनि रेस्क्यु अपरेसन पनि त प्रचार मै सिमित भयो नि ?
नाकाबन्दी भारतले गरेको हो भन्ने के प्रमाण छ हामी सँग ! सिमामा मधेसीहरु बसे नाका खोल्न नेपाल सरकारले पहल गर्नुस । पेलेर लैजादा मानविय क्षति हुन्छ भनेर सजगता देखाएको हो भारतले । नाकाबन्दीको कारण हामी हौ भारत होईन अनि रह्यो प्रचारबाजीको कुरा रेस्क्यु अपरेसनमा भारतले प्रचारबाजी मात्रै गर्नु थियो भने एउटा हेलिकप्टर पठाएको भए भैहाल्थ्यो नि दस वटा किन पठाउनु पर्थ्यो ?

हजुर एउटा बिकट र सड्कुचित समाजबाट उच्च ओहदामा पुगेको मान्छे ! हजुरबाट जन्मभूमिले के आशा गर्ने  ?
मैले जे गरेँ जन्मभूमिको लागि गरेँ मोटर बाटो निर्माण,बिध्युत बितरण, पुलपुलेसो निर्माणमा मेरो पहुंचले भ्याय सम्म गरेकै छु । म भर्खरै पनि जन्मभूमिको स्थलगत भ्रमण सकाएर दिल्ली आएको हूँ। म हजुरलाई वादा गर्छु अब कमसेकम पनि तिन महिनामा एक पटक जन्मभूमि जान्छु र त्यहाको पिर मर्का बुझ्ने कोशिश गर्छु।

अनि अन्त्यमा प्रवासी तथा स्वदेशी नेपाली जनमानसलाई के भन्न चाहानुहुन्छ ?
हाम्रो देश सबैको साझा फुलबारी हो । यहाँ माओ,चाओ अनि शेक्सपियर सबै जन्मिएका छन तर राज्यको उदासीनता र सामाजिक जागरुकताको अभावमा खेतमा हलो जोत्न बाध्य छन । भने कोई प्रदेशमा पसिना बगाउन बाध्य छन । तिनीहरुले आफ्नो क्षमतालाई चिनेर देशको बिकासका लागि पौरख खर्चिने बातावरण भए खुसी हुनथ्यो । प्रवासी युवाहरुले पनि बिदेसमा काम सिक्नुस अनि नेपालमा गएर त्यसको उपयोग गर्नुस किनकी देशका नेताहरुलाई सरापेर मात्र देश बन्दैन । देश बनाउनको लागि सबै नेपाली जनले योगदान दिनुपर्छ र नयाँ दिल्लीमा गठन भएको भुर्तुड्गेलीहरुको छाता सड्गठन गुल्मी -भुर्तुड्ग सम्पर्क समिति (भारत)को प्रगतिको कामना गर्न चाहान्छु । धन्यवाद !!!

प्रस्तुती : देबेन्द्र के.सी. नयाँ दिल्ली, भारत ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend