साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १४ ।
गुल्मी जिल्लाका सवै मतदान केन्द्रहरुमा शान्निपुर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका दुई नगर र १० गाउँपालिकाका दुई सय ४० मतदान केन्द्रमा ७० प्रतिशत मतदान भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
कालीगण्डकी गाउँपालिका ६ को खडगकोट मतदान केन्द्रमा दलहरुबिच बिबाद भएपछि दुई घण्टा ढिला मतदान भएको थियो । त्यस्तै मदाने गाउँपालिका ७ को दिपक मावि मतदान केन्द्र नजिकै नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम बिस्पोट गराएको छ ।
त्यो बाहेक जिल्लाका सवै मतदान केन्द्रमा शान्तिपुर्ण मतदानपछि अहिले मतपेटिका निर्वाचन अधिकृतको कार्यालय ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा चुनावको लागि झण्डै पाँच हजार कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका थिए । दई हजार एक सय ४० कर्मचारी र दुई हजार पाँच सय ३३ सुरक्षाकर्मी खटिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा दुई सय ४० मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले मतदान अधिकृत, सहायक मतदान अधिकृत गरी एक हजार चार सय ३० जना कर्मचारी खटिएका थिए । प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले मतदान अधिकृत र सहायक मतदान अधिकृत सहायक कर्मचारी खटिएका हुन ।
त्यस्तै सात सय १० जना स्वयमसेवक समेत परिचालन भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले बताए । त्यस्तै जिल्लाका सुरक्षाकर्मीहरु म्यादी प्रहरी सहित नेपाल प्रहरी १ हजार ६ सय ६७, शसस्त्र प्रहरी ४ सय ५५ र नेपाल आर्मि ४ सय ११ जना परिचालन भएको सुरक्षा समितिका संयोजक तथा प्रजिअ कृष्ण प्रसाद ढुंगानाले जनाकारी दिए ।
जिल्लाका दुई नगर र १० गाउँपालिका मध्ये सवैभन्दा बढि उमेदवार रेसुंगा नगरपालिकामा रहेका छन् । भने सवै भन्दा कम उमेद्वार रुरु गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सवै भन्दा बढि रेसुंगा नगरपालिकामा दुई सय चार र सवै भन्दा कम उमेदवार रुरु गाउँपालिकामा ७१ ज्ना रहेका छन् ।
त्यस्तै मुसिकोट नगरपालिकामा एक सय ४१, इस्मा गाउँपालिकामा ९७, कालिगण्डकी गाउँपालिकामा ८८, गुल्मी दरवार गाउँपालिकामा एक सय नौ, चन्द्रकोट गाउँपालिकामा एक सय चालिस, छत्रकोट गाउँपालिकामा ८०, धुर्कोट गाउँपालिकामा एक सय तीन, मदाने गाउँपालिकामा एक सय ३०, मालिका गाउँपालिकामा एक सय २५, र सत्यवति गाउँपालिकामा ९८ जना उमेद्वार रहेको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले बताए ।
जिल्लामा सवै भन्दा बढि एमालेका उमेद्वार रहेका छन् । नेकपा एमालेका ४ सय ८१ उमेदवार रहेका छन् । भने नेपाली कांग्रेसका ४ सय ५७ जना उमेदवार रहेका छन् । त्यस्तै माओवादी केन्द्रका २ सय ७० जना उमेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
राप्रपाका ५९, नयाँशक्तिका २६, नेकपा मालेका पाँच, जनमोर्चाका ५८, नेपाल परिवार दलका एक, अखण्ड नेपाल पार्टीका एक तथा स्वतन्त्र उमेदवार ६२ जना गरि निर्वाचित हुने ४ सय ८९ को लागि १ हजार चार सय २० जनाको उमेदवारी परेको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले बताए । जसमा २ जनाको उमेदवारी रद्ध भएको छ । ३४ जनाले उमेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले जिल्लाका सवै मतपेटीकाहरु सकंलन भएपछि सर्वदलिय वैठक बसेर मतगणना गर्ने बताएका छन् । ‘सौर्हादपुर्ण रुपमा मतदान गर्ने र मतदान सम्पन्न गर्ने सवैप्रति आभारी छु,’उनले भने,‘मतगणना पनि त्यहि खुसीका साथ सम्पन्न गर्छौ ।
उनले अनुमान विपरित दिउसो ३ बजेसम्म अधिकाशं मतदाताहरुले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरिसकेको बताए । बुधवार विहान अलिअलि पानी परेपनि मतदाताहरुले मतदान गर्नका छाता ओढेर लाईनमा लागेका थिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एसपी भोला रावलका अनुसार सवै केन्द्रहरुवाट उच्च सुरक्षाका साथ मतपेटीका ढुवानी कार्य भैरहेको छ । उनले बुधवार राती अवेरसम्म सवै मतपेटीका सवै नगर र गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालय सम्म पुगिसक्ने बताए ।









© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend