logo
  • शुक्रबार, असोज ९ २०८३

मुसिकोट नगरपालिकामा शान्तिपूर्ण निर्वाचन सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, गुल्मी असार १४ ।
गुल्मीको मुसिकोट नगरपालिकामा छिटफुट घटना वाहेक शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न भएको छ। विहान ७ वजेवाट साँझ ५ वजे सम्म भएको मतदानमा झण्डै ७० प्रतिशत मत खसेको छ।
कुल १९ हजार ४ सय ८५ मतदाता रहेको मुसिकोट नगरपालिकामा १३ हजार ५ सय ६१ मत खसेको हो। जसअनुसार वडा नं. १ मा २ हजार ९४, वडा नंं २ मा १ हजार ५ सय ९६, वडा नं. ३ मा १ हजार ५ सय १२, वडा नं. ४ मा २ हजार १ सय ४७, वडा नं. ५ मा १ हजार ५ सय ४८, वडा नं. ६ मा १२ सय ५२, वडा नं. ७ मा १४ सय ३७, वडा नं. ८ मा ११ सय ५८, र वडा नं. ९ मा ८ सय १७ मत खसेको हाम्रा सम्वाददाताहरुले वताउनु भएको छ।
मुसिकोट नगरपालिकामा कुल ४७ पदको लागी १ सय ४१ जना चुनावी प्रतिस्पर्धामा रहनु भएको छ। मुसिकोट नगरपालीकामा दिनभर मौसम सफा रहेकोले पनि मतदाता थप उत्साहित भएका थिए । दिउसो करिव २ वजे अधिकाशं मतदाताले मतदान गरिसकेका थिए । दिउसो मतदानको विषयमा विवाद हुँदा वडा नं. १ को नेपाल राष्ट्रिय सर्वोदय मावि पौदि अमराईमा झण्डै १ घण्टा मतगणना स्थगित गरिएको थियो।
आपसी समझदारी भएपछि मतदान भएको थियो। भने वडा नं. ७ को महेन्द्र आदर्श मावि केन्द्रमा वाहिर सामान्य विवाद भएपनि मतदानमा कुनै अवरोध भएको थिएन तर मतदानको पहिलो चरणमा पत्रकारहरुलाई पनि फोटो खिच्न निषेध गरिएको थियो भने दिउसो वाट फोटो खिच्न दिइएको थियो।

अहिले मतपेटिका संकलन भैरहेको मुसिकोट नगरपालिकाका निर्वाचन अधिकृत घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ। मत गणना भोली विहान ७ वजेवाट हुने निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend