logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको मुसिकोट न.पा.मा चुनावी तयारी पुरा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, गुल्मी असार १३।
गुल्मीको मुसिकोट नगरपालिकामा स्थानिय तहको निर्वाचनको तयारी पुरा भएको छ। दोश्रो चरणको निर्वाचन कार्यक्रम अनुसार भोली असार १४ गते हुन लागेको स्थानिय निर्वाचनको तयारी पुरा भएको छ।

प्रत्येक मतदान केन्द्रवाट मतदाता परिचय पत्र वितरण गरिएको, वर्षाको समय भएकोले प्रत्येक केन्द्रमा २ वटाका दरले त्रिपालको व्यावस्था गरिएको, सम्पूर्ण निर्वाचन सामाग्रि पुर्याइएको मुसिकोट नगरपालिका का निर्वाचन अधिकृत घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ। १९ हजार ४ सय ८५ मतदाता रहेको मुसिकोट नगरपालिकामा १४ मतदान स्थलमा २४ मतदान केन्द्रको व्यावस्था गरिएको छ।

सवै मतदान स्थल विद्यालय रहेको र आवश्यक सवै सुरक्षा व्यावस्था चुस्त रहेको निर्वाचन अधिकृत न्यौपानेले वताउनु भएको छ। मतदानको लागी २४ जना मतदान अधिकृत, २४ जना सहायक मतदान अधिकृत तथा प्रत्येक केन्द्रमा ४ जना सहायक कर्मचारीको व्यावस्था गरिएको छ।

त्यस्तै सुरक्षाको लागी निर्वाचन स्थलको भित्रि घेरामा नेपाल प्रहरी, वाहिरि घेरामा शसस्त्र प्रहरी र सवैभन्दा वाहिरि घेरामा नेपाली सेना रहने गरि व्यावस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ। प्रत्येक मतदान स्थलमा पुग्ने गरि घुम्ति सुरक्षा टोलीको व्यावस्था मिलाइएको तथा कतै कुनै समस्या भएमा तत्काल उद्दार गर्ने गरि आवश्यक व्यावस्था मिलाइएको प्रहरीले जनाएको छ।

यसैविच मुसिकोट नगरपालिकाका निर्वाचन अधिकृत घनश्याम न्यौपानेले सम्पूर्ण मतदातालाई कसैको लोभ, डर, धम्कि त्रासमा नपरी इच्छाएको मतदान गर्न आग्रह गर्नुभएको छ। त्यस्तै न्यौपानेले कसैले लोभ, डर, धम्कि देखाएको भेटिएमा हदैसम्मको कार्वाहि गर्न कार्यालय तयार रहेको वताउनु भएको छ।

मुसिकोट नगरपालिकामा ४७ पदको लागी १ सय ४१ जना चुनावी मैदानमा उत्रिनु भएको छ । यस्तै भोली हुने निर्वाचनलाई मध्येनजर गरेर भोली विहान ५ वजे देखि साँझ ७ वजे सम्म गुल्मी तथा बागलुङको नाका सिल हुने भएको छ।

प्रहरी चौकी खर्वाङले दिएको जानकारी अनुसार भोली विहान देखि साँझ सम्म सम्वन्धित मतदाता तथा अनुमति प्राप्त व्याक्ति वाहेक कसैलाई पनि आवत जावतका लागी रोक लगाइएको छ। फरक प्रदेश भएको र प्रदेश नं. ४ मा पहिले नै निर्वाचन भैसकेको ले नाका वन्द गरिने प्रहरीले जनाएको छ।

यस अघि बागलुङमा निर्वाचन हुँदा पनि नाका सिल गरिएको थियो। त्यस्तै भोली विहान ५ वजे देखि साँझ ७ वजे सम्म अनुमति प्राप्त सवारी साधन वाहेक कुनै पनि सवारी साधन चल्न नपाउने भएका छन् । प्रत्येक निर्वाचनमा निर्वाचन अवधिभर यातायात वन्द गर्ने प्रचलन रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend