साझा नेटवर्क
एउटा अनलाइन पत्रिकामा पुरूषोतम ढकाल द्वारा संप्रेषण गरिएको “एनआरएनए निर्वाचन: “पौडेल र धनन्जयको अपवित्र गठवन्धन, दर्जनौ उम्मेदवार शहिद हुँदै” शीर्षक भएको ब्याक्तिगत आरोप लगाएको समाचार पढदा मलाइ निक्कै दुख लागेको छ । पत्रकारीता जस्तो पबित्र पेशा र देशकै चौथो अंड्ग रहेको संस्थाको मूल्या मान्यता कै उपहास र बदनाम हुने गरी पत्रकारीतालाई नै ठगी खाने धन्दा र ब्याक्तिगत तथ्यहिन आरोप प्रत्यारोप गर्ने ठाउँ बनाऊँन खोज्नेहरूलाई समयमा नै सबै जनमानसहरू ,स्वंयम इमानन्दार पत्रकारहरुले पनि चिन्नुपर्ने बेला आएको छ ।
दु:ख यसअर्थमा लागेको छ यति सम्म नीच र घटिया मानसिकता बोकेका मानिस समेत हाम्रो समाजमा रहेछ्न् तिनलाई भगवानले समयमै सदबुद्दि प्रदान गरून र खुसी यस अर्थमा छु यस्ताले नै समय समयमा मलाई असल बाटो र मेरो शरीरभरि उर्जा प्रदान गर्छन् । धन्य भगवान ! उहाँलाई सात समुन्द्र पारी आउँदा समेत यो भन्दा ठूलो बुद्धि ,विवेक र क्षमता दिनु भएनछ ।
बिचारा ! उनलाइ देख्दा मलाइ सधै दया लाग्छ । मलाइ पनि थाह छ झटारो बढी फलेको रुखमा नै लाग्छ । धन्य होस मित्रले आकास तिर फर्केर थुक्न सिक्नु भएछ अमेरिका बसेर । तपाइलाई फेरी पनि धन्यवाद अमेरिका जस्तो बिकसित देशमा बस्दा पनि तपाई जस्तो पत्रकार साथीको चेत खुलेन छ । तपाईले मलाई अमेरिकामा एउटा ठुलै शक्तिको रुपमा स्वीकार्नु भयो ।
प्रिय श्री ४ मित्र हजुरलाई श्री ४ लेख्न मन थिएन आफैले लेख मार्फत घोषणा गर्नु भएछ । समाचार संप्रेषक मित्र मेरै जिल्लाबासी र मेरो भाई समानको ब्याक्ति समेत हुनुहुन्छ । यत्रो मेरो बिरुद्द लेख्न समय खर्च गर्नु भएछ मित्र ,लामो समय कोठामा बसेर नजलनुहोस । यो समय अरु रचनात्मक काममा खर्च गर्नुस परिवार र तपाईको पनि भलो हुन्छ । आदरणिया नेपालि समुदाय उहाँको बिवेक र क्षमतालाई यो भन्दा बढी नथुक्नु होला अव । उहाँको परिवार र मेरो परिवार बिच राजनीतिक र पारिवारिक रुपमा समेत घनिस्टता छ ।
वहाँलाई मेरो आग्रह ,दूराग्रह र पुर्बाग्रह केही छैन तापनि यस्ता बदनियत पूर्ण, कपोलकल्पित र भ्रामक समाचारले समाजमा विभाजन मात्र गर्दैन यसले तपाईको सामाजिक सम्मानमा समेत संकट पर्दछ । त्यसैले मित्र , भाई यस्ता कुकार्यबाट आफुलाई आजै बाट सदैव टाढा रहन र राख्न सिक्नुस । सजक रहेर पित पत्रकारीताको उपहास नगर्नुस । तपाईको जस्तो नीच र घटिया मानसिकताले नै हो पत्रकारिताको सम्मान र बिश्वसनियतामा आँच आउने ।
एनआरएन एनसीसी अमेरिकाको आसन्न निर्वाचनलाई लिएर मेरो नाम समेत जोडेर संप्रेषण गरीएको समाचार पूर्ण झुट हो । त्यसमा कुनैपनी सत्यता नरहेको कुरा संसार भर रहनु भएको एनआरएन र नेपाली समुदायलाई म बिश्बास दिलाउन चाहान्छु । आसन्न चुनाब को शिलसिलामा उमेदवारी घोषणा गर्ने मित्रहरू सबै सबैलाई शुभकामना प्रकट गर्दछु ।
यो एउटा प्रजातान्त्रिक बिधिको अभ्यास र बिधान भित्र तपाई हामि सबै समाहित भएका छौ । हालसम्म आफ्नो उमेदवारी घोषणा गर्ने मित्रहरू मध्ये श्रीमती रबिना थापा जी, डाक्टर केशब पौडेल जी, गौरी जोशी र कृष्ण पोखरेल जी चारैजना ब्याक्तित्वहरू मेरा परम मित्रहरू हुनुहुन्छ । सबैजना जना मेरो र नेपालि समाजको लागी उतिकै खाँचो र महत्वका ब्याक्तित्वहरू हुनुहुन्छ ।
समाजको लागी केही गरेका र केही गरौ भन्ने सोचाई र भावनाले सबै जना प्रेरित हुनुहुन्छ । म लगायत रबिना थापा, डाक्टर केशब पौडेल र कृष्ण पोखरेल जी हामी संगै एउटै संस्था जनसम्पर्क समितिमा अमेरिकामा सन् २००६ बाट निरन्तर अहिले सम्म काम गरेको मित्र हौ भने गौरी जोसि जी मेरो पारिवारिक सम्बन्ध भएका मित्र हुन । ब्यक्तिगत रुपमा सबै उमेदवारहरू मेरो लागी उतिकै सम्मान र समदूरीमा हुनुहुन्छ ।
अब एनआरएन अमेरिकाको साधारण सदस्यको नाताले मैले आफ्नो मताधिकार प्रयोग गर्ने आफूले चाहेको उमेदवारलाई सहयोग गर्ने र आफुलाई मन लागेको ऊमेदवारको प्रचार प्रसार गर्ने पाऊने अधिकार ममाथी नै सुरक्षित छ । सोही बमोजिम नै मैले नीति ,नियम ,परिधि लाई आत्मसाथ गरेर नै गरेको छु ।
मलाई मेरो ब्रम्हले श्री रबिना थापा लाई सहयोग गर्न अह्रायो मैले उहाँलाई नै सहयोग गरे यो मेरो यो ब्याक्तिगत अधिकारको बिषय हो । म सम्पूर्ण साथी भाई इष्ट मित्र र मेरो समकालिन साथीहरूलाई समेत रबिना थापालाई सहयोग गर्न हार्दिक अनुरोध गर्दैछु । यो मेरो बेक्तिगत स्वतंत्रता पनी हो अन्यथा नलीदीनु होला ।
अन्त्यमा जुन किसिमको समाचार ,आरोप छ त्यसमा म पूर्ण रुपमा अनभिज्ञ छू । मलाई डाक्टर केशब पौडेल र रबिना थापाको एकताको बारेमा कुनै जानकारी समेत नरहेको र रबिना थापाको र डाक्टर केशबको बिच कुनै समन्यकारी भूमिका समेत मैले नगरेको कुरा सबैलाई प्रस्ट पार्न चाहान्छु ।
एकताको कुरालाई लिएर म सँग डाक्टर केशब पौडेल र वहाँको कुनैपनी साथीहरू सँग छलफल पनी नभएको र म त्यस्तो कुनै अधिकारिक ब्यक्ति पनी नभएको कुरा यहाँहरू समक्ष बिश्वास दिलाउन चाहान्छु । बार्ता र एकता भन्ने कुरा कुनै एक ब्याक्ति बिशेषले गरेर मात्र नहुने सबै साथीहरूको भावना र बिचारलाई समेटनु पर्दछ । त्यस्तो एकतामा सबैको जीत पनी सुनिश्चित हुनेछ ।
गद्दारि बिश्वासघात र कुठाराघात गरेर पाप्त हुने सुखसयल, पद र मानपदवि भन्दा मित्रहरूको बिस्वासबाट प्राप्त हुने सानो भन्दा सानो कुरा र प्राप्ति बाट नै मलाई सन्तोष प्राप्त हुने कुरा मलाई बिस्वास छ । “संतोषवत् न किमपि सुखम् अस्ति” । सबैमा धन्यबाद सहित भ्रामक समाचारको पछाडी नलाग्न हार्दिक अनुरोध गर्दछु ।
धनन्जय नरसिंह के सी, क्यालिफोर्निया ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend