साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार ११ ।
गुल्मीको छत्रकोट गाउँपालिका भौगोलिक बनावट अनुसार सबै भन्दा नमिलेको गाउँपालिका हो । ८७ बर्गकिलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकामा २१ हजार ४ सय ८१ जनसंख्या छ । ६ वार्डका लागि ३२ जना जनप्रतिनिधि चुन्न १५ हजार ५ सय ५१ मतदाता छन् ।
हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खज्र्याङ र दौंघा रहेको यो गाउँपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेर चुनाव लड्दै छन् । एमाले एक्लै प्रतिस्पधामा छ । यो गाउँपालिकामा नयाँ शक्ति नेपालले पनि अध्यक्षमा उम्मदेवार उठाएको छ ।
नमिलेको भौगोलिक बिकटतालाई रिङरोड मार्फत सुगम बनाउने देखि गाउँपालिकालाई विकासमा नमुना बनाउने र बेरोजगारी हटाउने एमालेका अध्यक्ष पदका उम्मेदवार मधुकष्ण पन्तका नाराले आशा र सम्भावना पनि देखाएको छ ।
खानेपानीका लागि जिल्लाकै असुविधा रहेको छत्रकोट गाउँपालिकाका सबै घरमा खानेपानीको सही व्यवस्थापन गर्दै सबैका भान्सामा खानेपानी धारा पुराउने । गाउँपालिका भित्रका सबै वार्ड र सबै घरका ताग्लामा मोटरबाटो पु¥याउने ।
वार्ड भित्र अहिले भएका सडकहरुको स्तरोन्नती गर्दै कालोपत्रेका लागि प्रकृया अघि बढाउने । कृषि उत्पादन र आयआर्जनका लागि एक घर एक टनेल अभियान मार्पmत सबैका घरमा रोजगारी र आम्दानी बृद्धि गर्ने । सुरक्षित विद्युतीकरणका लागि ५ वर्ष भित्र काठका पोल विस्थापित गरी स्टिल पोलमा परिवर्तन गर्ने ।
शिक्षाका लागि सामुदायिक विद्यालय र नीजि विद्यालय बिचको खाडल अन्त्य गर्दै सबैका लागि सर्वसुलभ र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने । समृद्ध र आत्मनिर्भर गाउँपालिका कार्यान्वनय गर्न आम्दानी र राजश्व बृद्धिका लागि ठोस र योजनाबद्ध कार्य अघि बढाउँदै अधिकार सम्पन्न बिज्ञहरुको आयोग बनाएर काम गर्ने ।
गाउँपालिका भित्रका रिडी खोला देखि बडीघाट खोलासम्मका नदिजन्य खनिजहरु उत्खनन् र आपूर्ति व्यवस्थित गर्ने, बनजन्य पैदावार र जडीबुटीको व्यवसायीक उत्पादनका साथै कृषि जन्य उद्योग स्थापना मार्फत आय बृद्धिका लागि ठोस योजना बनाउने । स्थानीय उद्योगमा स्थानीय युवालाई नै रोजगारीको ग्यारेन्टी गर्ने ।
बृद्धहरुका लागि कर्मचारी र स्वास्थ्यकर्मी सहितको बृद्धाश्रम निर्माण गर्ने । गाउँपलिकामा निर्माण गरिने सबै सार्वजनिक पूर्वाधार अपांग मैत्री बनाउने । कृषि र पशु विमा कार्यक्रम अनिवार्य गर्ने, बालश्रम निशेधित गाउँपालिका घोषणा गर्दै नमुना छत्रकोट गाउँपालिका निर्माण गर्ने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend