साझा नेटवर्क
शिव सुवेदी, गुल्मी असार ११ ।
विद्युत उत्पादनमा १ सय ४४ मेगावाट विद्युत उत्पादन गर्ने कालीगण्डकी जलविद्युत परियोजना रहेको गुल्मीका कालीगण्डकी गाउँपालिका गुल्मी जिल्लाका १० गाउँपालिका मध्येकै आर्थिक स्रोतमा समृद्ध गाउँपालिका हो । सडक सञ्जालमा दुर्गम भएपनि कालीगण्डकी करिडोर निर्माण पछि अहिले सुगम बन्दै छ ।
गुल्मी जिल्लाकै दुर्गम गाउँहरु भुर्तुङ, खड्गकोट, फोक्सिङ, जयखानी, पूर्तिघाट, अर्वेनी, हर्मिचौर गाविस मिलेर बनेको यो गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि कांग्रेस र माओवादीले तालमेल गरेर संयुक्त उम्मेदवारी दिएका छन् । एमाले र जनमोर्चाको पनि संयुक्त उम्मेदवारी छ ।
आर्थिक विकास, गाउँपालिकाको स्रोत र सम्बृद्धिका लागि मुख्य मेरुदण्ड बन्ने निर्माणाधिन कालीगण्डकी करिडोरको कालोपत्रे ५ वर्ष भित्रैमा सम्पन्न गर्ने । कालीगण्डकी गाउँपालिकालाई जिल्लाकै नमुना जल पर्यटन क्षेत्रका रुपमा विकास गरी त्यसबाट हुने आम्दानीको स्रोतलाई व्यवस्थापन गर्दै सबैको आर्थिकस्तर बृद्धि गर्ने ।
कालीगण्डकीको मिर्मीबाँध देखि गुल्मी, पर्वत, र स्याङजाको संगमस्थलमा रहेको सेतीवेणीको शिलालाई दक्षिण एशियाकै धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने । कालीगण्डकी गाउँपालिका क्षेत्र भित्र रहेको प्रयाप्त बन जंगलको बनजन्य जडीबुटीको पहिचान गर्दै प्रशोधन उद्योग स्थापना गर्ने र बाहिरी जिल्लामा निकासी गर्ने ।
गाउँपालिका भित्रका सबै बेरोजगार युवालाई स्थानीय उद्योगमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने । कालीगण्डकी र अन्य खोलाहरुबाट उत्पादन गर्न सकिने विद्युत परियोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने र स्थानीयकै लगानीमा उत्पादनका लागि पहल गर्ने ।
कालीगण्डकी किनारबाट अन्यत्र निकासी गर्न सकिने गिटी, बालुवा र ढुंगाको उचित व्यवस्थापन गर्दै आर्थिक स्रोतका रुपमा परिचालन गर्ने । उच्च शिक्षाका लागि गाउँपालिका भित्र एक प्राविधिक र एक गुणस्तरीय शिक्षा सहितको क्याम्पस स्थापना गर्ने । बृद्धहरुका लागि सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण ।
स्वास्थ्य सेवाको सबैमा पहुँच पुग्ने गरी सुविधा सम्पन्न अस्पताल र सबै वार्डमा डाक्टर सहितको स्वास्थ्य सुविधा । ५ वर्ष भित्रमा गरिब र दलित बस्तीका सबै खरको छाना भएका घर जनताको ४० प्रतिशत र गाउँपालिकाको ६० प्रतिशत लगानीमा जनता आबास शिर्षकमा घर निर्माण गर्ने ।
उर्वर योग्य जमिन भएका फाँटहरुको उत्पादनलाई व्यवस्थापन, विष्णु धाम, हिलेसिद्धबाबा, कनौटा, गुप्तेश्वर महादेव, घुमाउने फुलवारी, कालिलेख लगायतका स्रोतहरुको प्रयोग गर्दै नमुना गाउँपालिका निर्माण गर्ने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend