logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा पाँच स्थानमा जित्ने माओवादी केन्द्रको दावि


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असार ११ ।
गुल्मीका पाँच वटा गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुले प्रमुख पद सहितको प्यानले जित्ने दावि गर्दै आएका छन् । चन्द्रकोट गाउँपालिकामा युवराज केसी प्रमुखमा माओवादी केन्द्रबाट चुनावी मैदानमा छन् ।

रुरु गाउँपालिकामा नेपाली कांग्रेस संगको तालमेलबाट २७ वर्षिय यदु ज्ञवाली जिल्लामा सवै भन्दा कान्छो गाउँ प्रमुखका उमेदरवार हुन् । मालिका गाउँपालिकामा देविराम अर्यालय , धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेस संगको तालमेलबाट भुपाल पोख्रेल र मदाने गाउँपालिकामा बेगमबहादुर चन्द बोहरा प्रमुख पदको चुनावी मैदानमा रहेका छन् ।

आफुहरु पाँचै जना ४० वर्षक न नाघेका युवा नेता भएकोले जनलहर आफुहरुको पक्षमा भएको उनिहरुको दावि छ । जनयुद्ध कालमा शसक्त लडाकुका रुपमा चिनिने उनिहरु आ–आफ्नो स्थानमा जनयुद्धकालमा समेत जनताको घरघरमा हुने गरेका थिए ।

पाँचै जना नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य स्तरका यी नेताहरु मध्ये दुई वटामा कांग्रेसले सहयोग गरेको छ भने तिन वटामा एक्ला एक्लै भिडेका छन् । चन्द्रकोटका उमेदवार युवारा केसी शिक्षण पेशा छाडेर जनताको मुक्तिका लागि भन्दै जनयुद्धमा लागेर जेलको यातना समेत भोगेका थिए ।

मालिका गाउँपालिका देविराम अर्याल जनयुद्धका घाईते समेत हुन् । भुपाल पोख्रेल जनयुद्धका लडाकु मात्रै नभएर त्यति वेलाका कलाकार समेत थिए । मदाने गाउँपालिकाका बेगमबहादुर चन्द बोहरा धेरै पटकका भिडन्तमा परेका व्यक्ति हुन । उनलाई एक पटक भिडन्तमा मृत्यु भयो भनिएका व्यक्ति हुन् ।

गुल्मीका २ नगरपालिका र १० गाउँपालिका मध्ये माओवादी केन्द्रले ५ गाउँपालिका जित्ने आंकलन गरेको सा पार्टीका जिल्ला ईन्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए ।

माओवादी केन्द्रबाट विजयीको दावी गर्ने पाँच प्रमुख पदका उमेदवारहरु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend