logo
  • शुक्रबार, असोज ९ २०८३

जिल्लाभरका उम्मेद्वार सहित गुल्मीको निर्वाचन सम्वन्धी तथ्याङ्क सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असार ११ ।
गुल्मीमा यहि असार १४ गते हुन गई रहेको संशोधित दोश्रो चरको स्थानिय तह निर्वाचनको सम्पुर्ण व्यवस्थापन कार्य तिव्रमा अगाडी बढेको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासीनीले जानकारी दिएका छन् ।

शनिवार साँझ पत्रकारहरु संग भेटघाट कार्यकक्रमको आयोजना गरी जिल्लाभर उमेदवार दर्ता गर्नेहरुको संख्या लगायतका तयारीका विषयमा उनले जानकारी दिएका थिए ।
उनले दिएको जानकारी अनुसार २ वटा नगरपालिका र १० वटा गाउँपालिका सहित निर्वाचित हुने जम्मा ४ सय ८९ जनाका लागि १३ सय ८६ जनाको उमेदवारी परेको छ ।

ति सवै भन्दा बढि २ सय ४ जना उमेदवारी दिने रेसुङ्गा नगरपालिका परेको छ भने सवै भन्दा कम ७१ जना मात्रै उमदवारी दिने रुरु गाउँपालिका रहेको छ । त्यस्तै प्रमुख तिन दल मध्ये सवै भन्दा बढि नेपा एमालेल उमेदवार बनाएको छ । उसले ४ सय ८१ जना उमेदवार खडा गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले ४ सय ५७ जना र नेकपा माओवादी केन्द्रले २ सय ७० जना उमेदवार बनाएको छ । विभिन्न स्थानिय तहमा के कति उमेदवार भन्ने सम्वन्धमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयको तथ्याङक यस प्रकार रहेको छ ।

यही २०७४ साल असाढ १४ गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि गुल्मी जिल्लामा देहाय बमोजिम उम्मेदवारी परेको जानकारी गराइन्छ ।

मातृका प्रसाद मरासीनी, मुख्य निर्वाचन अधिकृत

गाउँ र नगर पालिकाहरुको मत संख्या लगायत :

–कुल मतदाता संख्या : १ लाख ८० हजार ७ सय ७५
–महिला मतदाता : ९४७५९
–पुरुष मतदाता : ८६०१५
–स्थानिय तह : २ नगरपालिका र १० गाउँपालिका
–वडा संख्या : ९३
-मतदान केन्द्र : २४०
-मतदान स्थल : १३८

गाउँ र नगरपालिकाहरुको मत संख्या

रेसुङ्गा नगरपालिका : वडा संख्या –१४ , मतदाता–१८३४१ , स्थान–१५ , केन्द्र–२८, दुरी–० किमि सदरमुकाम, क्षेत्रफल–८३.७२ वर्ग किमि ।

मुसिकोट नगरपालिका : वडा संख्या–९, मतदाता–१९४८५ (सवैभन्दा बढि) स्थान १५ , केन्द्र २४ , पुर्वी उत्तर दुरी–२९ कि.मि., क्षेत्रफल –१०६.८३ वर्ग कि.मि.।

कालिगण्डकी गाउँपालिका : वडा संख्या–७, मतदाता–१२६३४, मतदान स्थान–१०, केन्द्र–१७, सदरमुकाम तम्घासबाट दुरी पुुर्व ( वाग्लुङ–, पर्वत, स्याङ्गजाको सिमना ) ५८ कि.मि., क्षेत्रफल १०५.०३ वर्ग कि.मि.।

सत्यवती गाउँपालिका : वडा संख्या–८ , मतदाता–१५५७१ स्थान–१४ केन्द्र–२०, दुरी–पुर्व ३३ कि.मि., क्षेत्रफलः ११६.९१ वर्ग कि.मि. ।

चन्द्रकोट गाउँपालिका : वडा संख्या–८, मतदाता संख्या–१३३९३, स्थान– १२, केन्द्र–२०, दुरी–सुदुर पुर्व ३१ कि.मि., क्षेत्रफल–१०५.०३ वर्ग कि.मि.।

रुरु गाउँपालिका : वडा संख्या–६, मतदाता–१३५४२ , स्थान–११, केन्द्र–१८, दुरी–दक्षिण २९ कि.मि., क्षेत्रफल–४७.३६ वर्ग किमि ।

छत्रकोट गाउँपालिका : वडा संख्या–६, मतदाता–१५५११, स्थान–१०, केन्द्र–१८, दुरी–दक्षिण २१.७२ किमि, क्षेत्रफल–८७.०१ वर्ग किमि ।

गुल्मीदरवार गाउँपालिका : वडा–७, मतदाता–१५३६७, स्थान–११, केन्द्र–१८, दुरी–दक्षिण १२ किमि, क्षेत्रफल–७९.९९ वर्ग किमि ।

धुर्कोट गाउँपालिका : वडा संख्या–७ , मतदाता–१५६४९, स्थान–११, केन्द्र–२१ , दुरी–पश्चिम १५ किमि, क्षेत्रफल–८६.३२ वर्ग किमि ।

मदाने गाउँपालिका : वडा संख्या–७ , मतदाता–१३२७८ , स्थान–१०, केन्द्र–१९, दुरी–पश्चिम (अर्घाखाँची र प्युठानको सिमना )३३ किमि, क्षेत्रफल–९४.५२ वर्ग किमि ।

मालिका गाउँपालिका : वडा संख्या–८ , मतदाता–१४१६४ , स्थान–११ , केन्द्र–१९, दुरी (उत्तर वाग्लुङ्गको सिमना ) ३६ किमि, क्षेत्रफल–१००.३६ वर्ग किमि ।

ईस्मा गाउँपालिका : वडा संख्या–६ , मतदाता–१३८४०, स्थान–८ , केन्द्र –१८ , दुरी पश्चिम र उत्तर १८ किमि, क्षेत्रफल –८१.८८ ।

 

मुख्य प्रतिष्पर्धीः नेपाली कांग्रेस , नेकपा एमाले र माओवादी केन्द्र।

क्रियाशिल राजनैतिक दलः ११ वटा ।

उमेदवारी दिने दलको संख्याः १३ ।

जिल्लाभरका नगर र गाउँपालिका देखि वडा स्तर सम्मका उमेदवारहरुको नामावली जिल्ला निर्वाचन कार्यालयले यस प्रकार सार्वजानिक गरेको छ ।

थप जानकारीको लागि यहाँ हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend