साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी असार ११।
सामुदायिक रेडियो पुष्पाञ्जलीले आज मुसिकोट नगरपालीकामा मेयर र उपमेयर पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरु सँग प्रत्यक्ष बहस गर्ने भएको छ । रेडियो पुष्पाञ्जलीको आयोजनामा मुसिकोटमा प्रतिनिधित्व गर्ने दलका उम्मेद्वारहरुलाइ प्रत्यक्ष जनता सँग अन्तरक्रिर्या गर्न लागिएको हो ।
सो कार्यक्रममा मुसिकोटमा मेयर पदमा उम्मेद्वारी दिनुभएका नपाली काँग्रेसका कृष्णहरी सापकोटा, उपमेयर बिष्णु सापकोटा, नेकपा एमालेबाट मेयर पदमा उम्मेद्वारी दिनुभएका सोमनाथ सापकोटा, उपमेयर कमला शर्मा तथा नेकपा माओबादी केन्द्रबाट उम्मेद्वारी दिनुभएका खुम बहादुर थापा र हुमकला शर्माको उपस्थिती रहने छ ।
उहाँहरुका भावी योजनाहरु, प्रतिबद्धताहरु को प्रस्तुतीकण सँगै जनताहरुले प्रत्यक्ष प्रश्नोत्तर गरीने रेडियोले जनाएको छ । कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend