साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार १० ।
हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउन झण्डै २ महिना बाकी रहदा कलाकार तथा गितकारहरुलाई भने तिज पर्वले छोएको छ । कालकारहरुलाई गित रेकर्ड सगै म्युजिक भिडियो छायाँकनले कलनकनरहरुलाई तिज पर्व लागेको हो ।
सबै जसो कलाकारहरुले तिज पर्वमालाई मध्यनजर राखेर गित निकाल्ने गरेका छन् । तिज पर्वमा गाईने गितहरु सबैजसो कलाकारले मौलिकतालाई नछोई फरक फरक खालका गितहरु निकाल्ने गर्ने गर्दछन् ।
यो वर्षको तिज पर्वलाई मध्यनजर राखेर गायिका कल्पना कुसुकले मौलिकताले भरिएको तिज गित कोसेली ‘कहाँमा जान्छौ रानी चरी बगला’ बोलको गितको भिडियो छायाँङकन गरेकी छन् । तिज पर्वमा गाइने बास्ताबिक भाकालाई उनले गितमा समाबेश गरेकी छन् ।
तिज पर्वमा नारीहरुले गुाउँने यथार्थ भाकालाई उनको गितमा पाउन सकिन्छ । उक्त गितको शुक्रवार काठमाडौंमा छायाँङकन भएको छ । नारी बेदना नारीको याथार्थ भावलाई उनको गितले चित्रण गरेको छ ।
गितकार बैकुण्ठ महतको लय, महत र नारायण सापकोटाको शब्द रहेको गितमा गायिका कुसुमको सुमधुर स्वर रहेको छ । पश्चिम क्षेत्रमा गाइने प्रचलित भाकालाई आउँदो साउन १ गतेबाट बजारमा ल्याउने तयारी रहेको उक्त गितकी गायिका कुसुमले बताइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend