साझा नेटवर्क
बिमल खड्का बाग्लुङ असार ९ ।
सत्कर्म नेपाल, आमा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजालको आयोजनामां सांसद क्षेत्र बिकास कार्यक्रम अन्तरगत जिल्ला समन्वय समितिको सहयोगमां पशुपंक्षिमुलक आयआर्जन क्षमता बिकास तथा कुखुरापालन सहयोग दुई दिने कार्यक्रम बुर्तिवाङमा सम्पन्न भयको छ ।
ढोरपाटन वार्ड नं. एक र दुई बुर्तिवाङको अल्पसंख्यक कुमाल महिला र एक्कल महिलाहरु गरि ६० जना महिलाहरु आधुनिक कृषि तथा कुखुरापालन तर्फ अग्रसर भई आम्दानि बढाउन र अर्थोपार्जन गर्न क्षमता बिकास र कुखुरापालन तालिम तथा उन्नत जातको कुखुरापालन सुरु गरेका छन ।
समाजको पिंधमा रहेको दोस्रो दर्जामा दरिएका सिमान्तकृत बिभेदपुर्ण व्यवहार ब्यहोर्नु परेको दलित एक्कल महिला र अलपसंख्यक कुमाल महिलाहरुलाई आधुनिक कृषि प्रबिधि अप्नाई अर्थोपार्जन शुरु गर्न सीप बिकास र बिउ-बिजन तथा उन्नत जातका कुखुरा सहयोग गरेको सत्कर्म नेपालका अधिकारकर्मि एवं अभियन्ता, सिताराम थापाले बताउनु भयो।
यसै गरि वार्ड सदस्य कुमाल गौमति कुमाल र सदस्य पानमति रामदामले हामिले परम्परागत कुखुरापालन ब्याबसाय शुरु गरेता पनि आधुनिक र उन्नत जातको कुखुरा पालि आम्दानि बडाउन सहयोग पुग्ने उहांहरुले बताउनु भयो । सो अवसरको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद ज्ञान कुमारि छन्त्यालले गरिब दलित, एक्कल र अल्पसंख्यक महिलाहरुले ब्याबसाय गरि महिलाहरु लाई आत्मनिर्भर हुन सहयोग पुर्यनउने बताउनु भयो । उहांले तदुई समुहमां पाचसय उन्नत दुई हप्ता पुगेको जातको कुखुरा चल्ला बितरण गर्नु भयको थियो ।
उन्नत आधुनिक खेति ,कुखुरापालन प्रबिधि र सीप बिकास बारे प्रशिक्षण सत्कर्म नेपालका सिताराम थापाले गर्नु भएको थियो । कार्यक्रममा पत्रकार, नागरिक समांज, लक्षित समुहका पर्तिनिधिहरु र अगुवाहरुको उपस्थितिमां गरियको थियो । आयोजक संस्थाको अध्यक्ष्य ज्ञानु थापा मगरको अध्यक्षता संचालन दिलमाया पौबि, कार्यकमको उधेश्य र स्वागत अभियन्ता सिताराम थापाले गर्नु भयको थियो । सिमान्तकृत महिलाहरु अर्थोपार्जनमा लागि परेको सहभागीहरुले बताउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend