साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार ७ ।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी नगराउने मनसायका साथ सरकारले चुनाव पछि धकेलेको आरोप लगाए ।
‘सुकिला मुकिला मात्र उपस्थित गराएर चुनाव जित्ने षडयन्त्रमा सरकार छ,’उनले भने,‘पानी परे घुम ओढेर भोट हाल्नुस ।’ खाद्यन्य संकट भन्दा राजनैति संकट खतरनाक हुने राष्ट्रियता र स्वाधिनताका पक्षमा मतदान गर्न सवैलाई आग्रह गरे ।
किसानले अहिले धान रोप्न नपाए एक बर्ष अनिकाल पर्छ, बिष्टले भने, राजनितीमना अनिकाल परे देश नै सकिन्छ । अझै पनि बहुमत पुगे तराई पहाड अलग गराउने पक्षमा सरकारबादी दलहरु रहेकाले राष्ट्रियता र देश निर्माणको पक्षमा एमालेलाई जिताउन उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।
एमाले गुल्मी क्षेत्र नं ३ का सांसद समेत रहेका बिष्टले सत्ता र राष्ट्रियता फरक कुरा भएकाले एमालेलाई सक्त भन्दा राष्ट्रियता चाहिएको स्पष्ट पारे ।
चुनावी अभियानका लागि जिल्ला आएका उनले जिल्लाको इस्मा गाउँपालिकाको दोहली, दर्लामचौर, हस्तिचौर, मुसिकोट नगरपालिकाको आँपचौर र चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा चुनावी सभालाई संबोधन गर्दै प्रतिपक्षलाई मतदाता धम्काउने र प्रलोभन देखाउने काम बन्द गर्न आग्रह गरे ।
उनले देश अब निर्वाचनमय बनेकाले उत्साहका साथ मतदानको दिन कुर्नुको विकल्प नरहेको बताए । ‘अब कुनै तागतले पनि निर्वाचनलाई रोक्न सक्तैन्,’ उनले भने,‘नेताहरु र कार्यक्रर्ता दुवै चुनाव सफल बनाउन जुट्नुपर्ने छ ।
पुर्व मन्त्री समेत रहेका बिष्ट स्थानीय चुनावलाई मध्येनजर गर्दै करिव दुई साताको लागि जिल्ला आएका छन् । उनले जिल्लाका विभिन्न नगर तथा गाउँपालिका र वडाहरुका कार्यक्रमलाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमाले चन्द्रकोट गाउँपालिकाको आयोजनामा शान्तिपुरमा भएको चुनावी सभामा हरेवाका बिक्रम गुरुङ्ग सहितका दुई दर्जन युवा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले केन्द्रिय कमिटी सचिव गोकर्ण बिष्ट तथा एमाले नेतृहरु दिलशोभा पुन र मैना भण्डारीलेले फुलमाला र खादा ओढाएर भव्य स्वागत गरेको क्षेत्रिय कमिटी अध्यक्ष चेतन बस्नेतले बताए ।
आफुलाई कांग्रेसले वडाध्याक्ष बनाउन जागिर छोड्न लागाएर अहिले अलपत्र पारेको भन्दै गुरुङ्गले आक्रोश व्यक्त गरे । ‘म गुरुङ्गको छोरा, कांग्रेस समावेशीका कुरा गर्ने पार्टी,’उनले भने,‘ कागजी कुराले धोका दिए ।’ उनले आफु सहितका थुप्रै युवा एमालेमा प्रवेश गरेकाले बिक्रम गुरुङ्ग बिना हरेवा जितेर देखाउन चुनौति दिए ।
बिक्रम सहित दिपक गुरुङ्ग कांग्रेसबाट र सुरेश सुनार सहितका युवा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका छन् । कार्यक्रमलाई संबोधन गर्दै एमाले नेताहरु गोकर्ण बिष्ट, दिलशोभा पुन र मैना भण्डारीले पार्टी प्रवेश गर्नेहरुलाई उचित स्थानका साथ एमालले सम्मान गर्ने बताए ।
त्यस्तै मंगलबार बिष्टले इस्मा गाउँपालिकाको हस्तिचौरमा पनि एक दर्जन व्यक्तिहरुलाई एमालेमा प्रवेश गराएका थिए । एमालेको तर्फबाट चन्द्रकोट गाउँपालिकाका प्रमुख मीमलाल श्रेष्टले आफुले गरेको समाजसेवा जनताका माझमा छर्लङ्ग भएकाले आगामी दिनमा त्यसलाई अझै बढाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
चुनाव स्वच्छ प्रतिस्प्रर्धा भएकाले मतदाता थर्कार भन्दा मन जितेर बिजय प्राप्त गर्न उनले प्रतिपक्षलाई सुझाव दिए ।










© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend