logo
  • शनिबार, साउन ९ २०८३

कांग्रेस–एमाले: जेठानी देउरानी: एउटै पदमा प्रतिष्पर्धी


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

प्रेम सुनार ,गुल्मी,असार ७ ।
मानिसहरु झैं हातेमालो गरिरहेका दुई घरहरु छन् । गुल्मीको सदरमुकाम तम्घासको पुतली वजारमा जोडिएका वल्लो घरमा एमालेको झण्डा फर्फराई रहेको छ भने पल्लो घरमा कांग्रेसको झण्डा फर्फराएको छ ।त्यस भन्दा नजिकै जिल्ला पार्टी कार्यालय वरपर माओवार्दी केन्द्रको झण्डा फर्फराएको छ । तिन पार्टीका झण्डाहरुका विचमा एकै परिवारका जेठानी देउरानी एउटै पदका लागि दुई अलग अलग पार्टीबाट चुनावी प्रतिष्प्रर्धामा छन् । विहान चिया पिउने बेलामा र कौशीमा कपडा  सुकाउँने  बेलामा ति जेठानी, देउरानी विच पारिवारिक गफ चल्छ तर दिन भरी एक अर्का पार्टी विरुद्ध घर दैलोमा व्यस्त हुन्छन् उनिहरु ।यो गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १ को महिला सदस्य विचको रोचक चुनावी भिडन्त हो । उक्त वडामा नेपाली कांग्रेसबाट एउटै घरकी जेठानी दिदी लक्ष्मी पाण्डेलाई नेपाली कांग्रेसले महिला सदस्यको उमेदवार उठाएको छ भने नेकपा एमालेले सोही पदका लागि उनकी देउरानी गीता पाण्डेलाई उठाएको छ । दुवै जेठानी देउरानीहरुले आफुले जित्ने दावि गर्दै नजिकका आफन्तहरुलाई अग्रीम शुभकामना दिन आग्रह गर्दै आएका छन् ।

जेठानी दिदीका श्रीमान रामप्रसाद पाण्डे सोझा सर्वसाधरण व्यक्ति हुन् । उनलाई चुनावी चहल पहल मतलव छैन् । उनि श्रीमतिको ठाउामा ‘ हाउस वाईफ’ घरेलु कामदार जस्तै भएर वसेका हुन्छन् ।उता देउरानीका श्रीमान पदम पाण्डे अध्यापन पेशामा छन् । अरु शिक्षकहरु चुनावी प्रचार प्रसारमा व्यस्ता भएको देखिए पनि पाण्डे भने अध्यापन पेशा मै व्यस्त छन् ।तर उनिहरुका श्रीमतिहरुलाई विहान चिया पकाउने र पिउने फुर्सद समेत छैन् ।

हात जोड्दै मत माग्दै घर दैलोमा हिडेका उनिहरु संग छुट्टा छुट्टै गरिएको कुराकानीका क्रममा देउरानी गीताले भनिन्–‘ सुरुमा दिदी कांग्रेसबाट उप मेयरमा उठ्ने चर्चा भए पछि मैले दिदीलाई भोट हाल्छु भन्ने ठानेर म सदस्यमा एमालेबाट उठेकी हुा तर दिदीले उपमेयर नपाएर एउटै पदमा भिड्नु परेको हो , यसले पारिवारिक सम्वन्धमा कुनै असर पारेको छैन् । ’ ( वाईट )

जेठानी दिदी लक्ष्मीले पनि पारिवारिक सम्वन्धमा कुनै असर नपारेको र आफुले परिवारका अलवा वडा,टोल छिमेकलाई मिलाएर राख्ने बताईन् । ( वाईट )दुवैले भने –‘ हामी जेठानी दिदी र वहिनी विरुद्ध जनतामा पुगेका छैनौ , कांग्रेस र एमाले पार्टी पक्ष र विपक्षमाी उत्रेका हौं ।’ ( वाईट )

कुन वुहारीलाई भोट दिने ? सासु आमालाई गाह्रो

उनिहरुकी ८० वषिया सासु आमा देविकला पाण्डेलाई भने यति वेला कुन वुहारीलाई भोट दिनु हुन्छ भनेर कसैले सोध्धा जवाफ दिन निकै गाह्रो परेको छ । कान्छी वुहारी गीताको स्याहर सुसारमा वसे पनि जेठी वुहारी लक्ष्मीले पनि त्यतिकै माया र स्यार सुसार गर्ने भएकोले दुवैलाई हार्न नसक्ने ति बृद्धले मनको कुरा मन मै राख्दै भनिन्–‘ अहिले किन भन्न पर्‍यो र भोट दिने बेला खै कसलाई हाल्छु थाह छैन् ।

’ ( वाईट )यति वेला यस्तो समस्या धैरैका परिवार विचमा परेको छ । ईस्मा गाउँपालिकाको एक वडामा एकै परिवारका तिन जना अलग अलग पार्टीबाट उमेदवार बने पछि त्यो परिवारमा पनि त्यस्तै समस्या परेको छ । कतिपय स्थानमा श्रीमान श्रीमति विचमा समेत राम्रो संग वोलचाल नहुने गरेको चुनावी समाचारहरु प्राप्त भई रहेका छन् ।

                                भिडियो  हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend