साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी असार ५ ।
मुसीकोट नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेद्वारहरुले आफ्नो वडालाइ समृद्ध बनाउने बताएका छन । आफ्नो जित भइसके पश्चात उनीहरुले कफिले चिनिएको वडा आँपचौरको बिकासको लागि निरन्तर लाग्ने र अबको ५ बर्षमा नमुना वडा बनाउने प्रतिबद्धता जनाएका हुन ।
सामुदायिक रेडियो पुष्पाञ्जलीको निर्वाचन बिशेष कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी उम्मेद्वार मीना जीसीले मुसीकोट –५ लाइ बिकसीत बनाउने बताइन । उनले बिकासका सम्भावनाहरुले खोज्ने तथा मोटरबाटो, खानेपानी लगायतका बिषयहरुमा बिकासका कामहरु अघि बढाउने बताएकी छन ।
उनले आफुले जितेपछि अनय दलहरुलाइ पनि मिलाएर बिकासमा सहभागी बनाउने बताएकी छन । त्यसैगरी नेकपा एमालेका उम्मेद्वार भागीरथ खरेलले पनि शिक्षा स्वास्थ्य, रोजगारी लगायतका कामहरुको लागि निरन्तर लाग्ने बताउनुभयो ।
उहाँले तीन महिनामा यी कामहरु गर्ने भनी खाका तयार गरी जनताहरुले बताएका चुनावी काममा लागेको समेत बताउनुभएको छ । त्यसैगरी रेडियो पुष्पाञ्जली सँग बोल्दै नेकपा माओबादीका उम्मेद्वार युवराज खरेलले पनि बिकासका सम्भावनाहरुले खोजी गर्ने बताउनुभयो ।
उहाँले आफुले बिकासका धेरै कामको लागि करोडौ बजेटहरु समेत आँपचौरमा ल्याउन सफल भएको हुनाले आफुले जित्नुपर्ने बताउनुभएको हो । तीनै जना उम्मेद्वारहरु आफुले जित्ने कुरामा बिश्वस्त भएको बताएका छन । उनीहरुले सबैलाइ मिलाएर अगाडी बढ्ने बताएका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend