साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ असार ५।
बरिष्ठ समाजसेवी सुमित्रा बस्नेत सम्वा नेपालद्वारा सम्मानित सम्मानित भएकी छिन । सम्बाद क्लव नेपालको आफ्नो १४ औ वार्षिकोत्सव अवसरमा आयोजित भब्य कार्यक्रममा बरिष्ट समाजसेवी सुमित्रा बस्नेतले प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालको हातबाट उक्त सम्मान पाएकी हुन ।
बिगत डेढ दशक देखि सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई बित्तिय क्षेत्रमा तथा विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर मुलुकको आर्थिक बृदीदर उकास्न महत्वपुर्ण भुमिका निर्बाहा गरेको योगदान स्वरुप तथा महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई सम्बाद क्लब नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै “सम्बाद क्लब नेपाल सम्मान २०७४” बाट सम्मानित गरेको हो ।
पर्यटन बोर्डमा सम्पन्न उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ट नेता माधब कुमार नेपाल, अतिथिहरुमा राप्रपाका बरिष्ट नेता पशुपति शम्सेर जबरा, नेपाली कांग्रेशका नेता तथा पुर्ब मन्त्रि प्रकाश शरण महत, पुर्ब मन्त्रि नेता अग्नि खरेल, नेता सिपि गजुरेलको उपस्थितिमा उक्त सम्बाद क्लब नेपाल सम्मान २०७४ बरिष्ट समाजसेवी सुमित्रा बस्नेतलाइ प्रदान गरिएको थियो ।
सो अबसरमा सुमित्रा बस्नेत लागायत सामाजिक क्षेत्र, बित्तिय क्षेत्र तथा अन्य क्षेत्रमा अग्रणी भुमिका निर्बाह गर्ने विभिन्न व्यक्तित्वहरुलाइ पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व सम्बाद नेपाल क्लबका अधक्ष्य राम प्रशाद गैरेले गरेका थिए ।
सामाजिक कार्यमा सधै अग्रसर भएर सामाजिक कार्यमा पुर्याएको बिशिस्ट योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेतले यो भन्दा अगाडी पनि विभिन्न दर्जनौ राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend