logo
  • शनिबार, असोज १० २०८३

प्र.अले कुड्दा एक विद्यार्थीको हात भाचियो,


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुवास विश्वकर्मा, पाल्पा असार ५ ।
खेल्ने क्रममा सामान्य झगडाको निहुामा विद्यालयका प्रध्यानध्यापकले विद्यार्थीको हात भाचिदिएका छन् । तानसेन नगरपालिका ११ मा रहेको गार्गी माध्यमिक विद्यालयका प्रध्यानध्यापक यादव प्रसाद घिमिरेको कुटपिटको क्रममा कक्षा ४ मा पढ्ने विक्रम बम्रेल हात भाचिदिएका हुन् ।विद्यालयका प्रध्यानध्यापकले यस्तो घटना घटाएको पहिलो पटक भने होईन् । अहिलेको घटना सम्मा २ जना विद्यार्थीको हात भाचि दिएको र ३ जनालाई टाउको,ढाड,हात खुट्टामा हानेर बेहोस हुने गरि कुटपिट गरि सकेका कक्षा १० मा पढ्ने विद्यार्थी रोशन ठड्राईले बताए । सोहि विद्यालयमा कक्षा ६ मा पढ्दै गरेका रोसन कार्कीले भने ‘ हेड सरले कक्षा कोठमा खेलेको निहुा पारेर ४ कक्षामा पढ्दा पनि ३० मिनेट बेहोस हुन गरि पिट्नु भएको थियो ।’रोसन त एउटा उदारणीय विद्यार्थी मात्र हुन ।
धेरै पटक सम्मा पनि यस्ता घटना सहेर बसको तर अव नसहने भन्दै शोमबार अभिभावकहरुले प्रध्यानध्यापकको कार्य कक्षामा ताला लगाई दिएका छन् । ३ वर्ष पहिले ५०० विद्यार्थी रहेको विद्यालयमा शिक्षकहरुको यस्तो व्यवाहरले गर्दा यस वर्षमा ३०० भन्दा कम विद्यार्थी भएको विद्यालय व्यवस्थापन समितिका सदस्या भिम कार्कीले भन्नु भयो । शिक्षामा गुणस्तर पनि खस्कीदै गएको र प्रशाशन चुस्ता र दुस्ट सञ्चालन गर्न नसकेको भन्दै आजको मितिबाट विद्यालय छाड्नु पर्ने र नछाडे सम्मा विद्यालयको ताला नखोल्ने अभिभावकहरुको भनाई रहेको छ।सो विद्यालयमा पढ्दै गरेको धेरै विद्यार्थीले पढाई भन्दा बढि शिक्षकको पिटाई खानु परेको अभिभावकहरुको गुनासो रहेको छ । शिक्षक अभिभावक संघका अध्यक्ष अशोक घिमिरेका अनुसार विद्यालयमा बढि राजनितिक घुसेको र विद्यालयमा शैक्षिक गुणस्तर घढ्दै गएको बताउनु भयो । यस्तो घटना पहिलो पटक नभएको र पटक पटक घटना घढ्दै गएकोले शिक्षकलाई कारवाही गर्नुपर्ने बताउनु भयो ।शुक्रवार घटेको घटना भए पनि आज सम्म कुनै जानकारी नभएको जिल्ला शिक्षा कार्यलय पाल्पाले जनाएको छ ।

घटनालाई लुकाउन खोज्दै

११: ३० बजे तिर प्रध्यानध्यापकले आफ्नै कार्य कक्षामा बोलाएर कुटपिट गरे । पहिला घाटिमा छोपेर भित्र ताने विक्रमले रुदै भने, त्यस पछि दुवै गालामा यादव सरले हान्नु भयो,त्यस पछि मेरो हात कुल प्रसाद सरले बाध्नु भयो यादव सरले डस्टरले मेरो हातमा हान्नु भयो विक्रमले भने । सरले हातलाई पोरकेर मलाई भितामा ठोक्काई दिनु भयो म बेसरी रोए, अनि मेरो हात क््रयक्क गरो अनि मलाई यादव सरले बाहिर पठाउनु भयो विक्रमले भने ।विक्रमको हात भाचिदा पनि विद्यालयबाट विक्रमको घर खबर भएन । दाईको हात भाचिएको भन्ने छोरीले खबर पुगाए पछि बल्ल विक्रमको आमा विष्णु बम्रेलले थाहा पाएको बताउनु भयो ।

बिक्रम बाटोमा आउदै थियो हामी ४/५ जना मिल विद्यालयमा पुग्दा सरहरु ढोका थुनेर बैठाक बसेका थिए, छिमिकी मिलन ठड्राईले भन्नु भयो । हात भाचिएपछि चुपचाप बस्ने भन्दै सबै जना झगडा गर्न लागेपछि बल्ला सबै शिक्षक बाहिर आए,अनि एम्बुलेन्स बोलाएर उपचार गर्न ल्यौजान्छु भन्दा शिक्षक सुधनले आमी आफै अस्पताल ल्यौजान्छु भनेर हामीलाई आउदै गर्नु भन्दै चार जना सरले छोरालाई लगे बुबा धनराज बम्रेलले भन्नु भयो ।हामी जादा पाल्पा जिल्ला अस्पतालमा लगेर एक्सरे देखाउदै थिए,डाक्टरले यहाा हुन्न भन्दा मिसन भर्न गर्न पर्छ भन्नु भयो अनि मिसन लगे बुबा धनराजले

भन्नु भयो । मिसनमा ल्यैजादा के भएको हो भनेर सोधेमा लोटेको हो भन्नु हैन भने तपाईको छोराको उपचार हुदै भनेर सरले ढाट्न पठाउनु भयो,अनि हामीलाई एक दिन भर्ना भयौा ११ गते बोलाउनु भएको छ विक्रमको बुबाले भन्नु भयो । कुटपिटको घटना प्रहरीलाई खबर गर्नु पर्छ भन्ने हामीलाई थाहा भएन,अनि हामीलाई सरले जस्तो सिकाए त्यस्तै भनियो तर सरले घटना लुकाउन खोजेको रहिछ बल्ल थाहा भो आमा विष्णु बम्रेलले भन्नु भयो ।

दलित उमेदवारकै असहयोग

तानसेन नगरपालिका ११ का नेकपा एमालेका खुल्ला तर्फबाट उमेदवार होम प्रसाद ठड्राईले छोरालाई त्यस्तो हुदा पनि सहयोग नगरेकोमा आक्रोस भएका छन् । मेरो छोराको सरले हात भाचिदिएको ३ दिन हुदा पनि नेता हाम्रो घरमा आएनन् आमा विष्णुले भन्नु भयो । छोराको हात भाचिनु भन्दा पहिला एमालेको झण्डा गाड्दीने हाम्रो पार्टीलाई भोट दिनु मलाई जिताउनु भन्दै आए अहिले एक पटक पनि आएका छैनन् चुनाव भन्दा पहिला त यस्तो छ जिते पछि कस्तो होला आमा विष्णु बम्रेलले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend