साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी असार ५ ।
जिल्लाका सात स्थानीय तहमा दलहरुबिच चुनावी तालमेल भएको छ । पाँच स्थानिय तहमा कांग्रेस माओवादी केन्द्रबिच चुनावी तालमेल गरेका छन् । एमाले र जनमोर्चाबिच एउटा गाउँपालिकामा तालमेल भएको छ ।
भने माओवादी केन्द्र र राप्रापाबिच पनि एउटा गाउँपालिकामा तालमेल भएको छ। कांग्रेस र माओवादी केन्द्रबिच जिल्लाका रुरु गाउापालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिका लिकामा तालमेल गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । कालिगण्डकी, सत्यवति र छत्रकोट गाउापालिकामा कांग्रेसलाई प्रमुख माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।
रुरु र धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख बनाउने गरि सहमती गरेका छन् । मदाने गाउँपालिकामा माओवादी केन्द्र र राप्रपा विच तालमेल भएको छ ।प्रमुख माओवादी केन्द्र र उपप्रमुख राप्रापाले पाउने सहमती भएको माओवादी केन्द्रका जिल्ला संयोजक बिर बहादुर कार्कीले बताए ।एमाललेले भने एउटा गाउँपालिकामा मात्र जनमोर्चा संग तालमेल गरेकोछ । जिल्लाको कालिगण्डकी गाउँपालिकामा एमालेलाई प्रमुख र उपप्रमुखजनमोर्चाले पाउने गरि सहमती भएको छ । गुल्मीमा दुई नगर र १० गाउँपालिका गरि १२ स्थानिय तह रहेका छन् ।
जिल्लाका तीन स्थानीय निकायमा पार्टीका प्रमुख नेतृत्व नै चुनावी मैदानमा छन् । रेसुंगा नगरपालिकामा कांग्रेसको तर्फबाट पार्टी सभापति भुवन प्रसाद श्रेष्टले नै मेयर पदको लागि मनोनयन दर्ता गरे । उनी ०५४ र ०४९ सालको स्थानीय निकायको चुनावमा निर्वाचित गाविस अध्यक्ष हुन् । त्यस्तै एमालेका कार्याबाहक अध्यक्ष मधुकृष्ण पन्थ पनि छत्रकोट गाउँपालिका प्रमुखमा एमालेका उमेदवार हुन् ।
उनी ०४३ सालको स्थानीय निकायको चुनावमा हर्दिनेटा गाविसको जनपक्षिय प्रधानपञ्च,०४९ सालको स्थानीय निकायकै चुनावमा गाविस अध्यक्ष, ०५४ सालको स्थानीय निकायको चुनावमा हर्दिनेटा गाविसबाट गाविस अध्यक्षमा निर्वाचत पुर्व जनप्रतिनिध हुन् । साथै ०५४ सालमा गाविस अध्यक्षमा निर्वाचित भएपछि जिल्ला विकास समिति सदस्य पनि भएका थिए ।
उनले आइतबार मनोनयन दर्ता गरेका छन् । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकामा एमाले र कांग्रेसका पार्टी सचिवहरु मेयर र उपमेयरका लागि चुनावी प्रतिस्प्रर्धामा छन् । एमालेका पार्टी सचिव सोमनाथ सापकोटाले एमालेको तर्फबाट मेयर पदमा मनोनयन दर्ता गरेका छन् । भने नेपाली कांग्रेस पार्टी सचिव बिष्णु सापकोटाले कांग्रेसको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गरेको बताइन् ।
गुल्मीमा आठ जनाले स्वतन्त्रबाट प्रमुख पदमा मनोनयन दर्ता गरेका छन् ।जिल्लाको रेसुङ्गा नगरपालिकामा मात्र मेयर पदका लागि तीन जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अजय पन्थी, नन्दराम राना र नित्यानन्द पाण्डेयले स्वतन्त्र उमेदवारको रुपमा रेसुंगा नगरपालिकाबाट मेयर पदका लागि मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै गाउँपालिका प्रमुखमा पााच जना स्वतन्त्र उमेदवारहरुको मनोनयन दर्ता भएको छ । धुर्कोट गाउँपालिकामा भुपाल खत्री र साझापार्टीको तर्फबाट स्वतन्त्र उमेदवारको रुपमा सन्तोष केशी, चुरामणी शर्माले मनोनयन दर्ता गरेका छन् । त्यस्तै गुल्मी दरवार गाउँपालिकाबाट पदम बहादुर घर्ति, रुरु गाउापालिका शम्भु गौतम र कालिगण्डकी गाउँपालिकाबाट रेशमराज न्यौपानेले स्वतन्त्र उमेदवारको मनोनयन दर्ता गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend