साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असार ४ ।
दोस्रो चरणमा असार १४ गते हुने स्थानिय निर्वाचनको मनोनयन दर्ताको पहिलो दिन नै आज गुल्मी जिल्लाका विभिन्न स्थानमा यहाका दुई ठुला राजनैतक दल नेपाली कांग्रेस, नेकपा एमाले विच शक्ति प्रदर्शन गरिएको थियो भने एक स्थानमा झण्डै झडप भएको थियो ।
मुसिकोट नगरपालिकामा शक्ति प्रदर्शन सहित मनोनयन दर्ता गर्न जाादै गरेका कांग्रेस कार्यकर्ताहरुको जुलुश भित्र छिरेर नेकपा एमालेका कार्यर्ताहरुले चुनौती दिई रहेका थिए । मनोनयन दर्ता गरेर फकिैदै गरेका एमाले कार्यकर्ताहरुलाई उताबाट आाउादै गरेको कांग्रेसको जुलुस तर्फ सुरक्षाकर्मीहरुले नपठाई अन्यत्र पठाउने कोशिस गर्दा गर्दै पनि एमाले कार्यकर्ता मेयर पदका आफ्ना उमेदवार सोमनाथ सापकोटालाई काँधमा वोकेर कांग्रेसको जुलुस भित्र छिरेर हुटिङ्ग गरेका थिए ।
उमेदवार सापकोटाले मुस्कुराउादै कांग्रेसजन संग हात जोडेर भोट मागी रहादा झण्डै झडपको स्थिती आएको थियो । केहि वेर स्थिती तनावपुर्ण बनेको थियो ।जिल्लामा रहेका २ नगर सहित १० गाउापालिकाको लागि हुने निर्वाचनमा लागि यहााका क्रियाशिल दश वटा राजनैतिक दलका उमदवार र प्रमुख पदका लागि ७ जना स्वतन्त्र उमेदवारहरुले उमेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुल्मीमा रहेको रेसुङ्गा नगरपालिकामा मात्र नगर प्रमुखमा ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
जिल्लामा रहेका सबै स्थानिय तह मध्ये उक्त नगरमा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन् । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेहरुमा अजय पन्ती, नन्दराम राना, नित्यानन्द पाण्डेय रहेका छन् ।गाउँपालिका प्रमुखमा ४ गाउापालिकहरु स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।धुर्कोट गाउँपालिका शान्तबहादुर केसी, गुल्मी दरवार पदम बहादुर घर्ति, रुरु गाउँपालिका शम्भु गौतम,कालिगण्डकी रेशमराज न्यौपाने रहेका छन् ।
निर्वाचन अधिकृतका सवै कार्यालयहरु अहिले सााझ अवेर सम्म व्यस्त भएकोले सवै राजनैतिक दलहरुका उमेदवारहरुको नामावली अहिले नै दिन नसकीने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भिडियोहरु: मुसिकोट नगरपालिकामा भएको शाक्ति प्रदर्शन र त्याहाँका अन्य झलकहरु
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend