साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी असार ३ ।
माध्यमिक शिक्षा परीक्षा एसइइेको नतिजा सार्वजनिक भएको छ । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको हो । गुल्मीको मुसीकोट नगरपालीकाको वामीमा गत बर्षको कक्षा १० को एसइइ परिक्षामा सरकारी बिद्यालयले नीजि बिद्यालयलाइ जितेको छ ।
दुइ ओटा बोर्डिङ्गलाइ मुसीकोट–७ मा रहेको महेन्द्र आदर्श माबिले जित्न सफल भएको हो । सो बिद्यालयका ६ जना बिद्यार्थीहरुले ए ग्रेड प्राप्त गरेका छन भने गोल्डेन फ्युचर एकाडमीले ३ जना ए ग्रेड तथा मालीका इग्लिस बोर्डिङ्गले ५ जना ए ग्रेडको नतिजा हासिल गरेको छ ।
त्यस्तै वामी मैदानमा रहेको शारदा बिद्या मन्दिर माबिमा पनि एक जना बिद्यार्थीले ए ग्रेड ल्याएका छन । यसरी समग्र रुपमा हेर्दा दुइ ओटा बोर्डिङ्ग रहेको वामीमा सरकारी बिद्यालयले शैक्षिक प्रगती उल्लेखनीय देखाएको छ । गत बर्ष पनि महेन्द्रले उत्कृष्ट नतिजा हासिल गरेको थियो ।
यस बर्ष देशभरबाट नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५सय ७२ जना उत्तीर्ण भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend