साझा नेटवर्क
कमल पौडेल, बाग्लुङ असार १।
बाग्लुङ जिल्लाको साविकको रिघा गाविस वडा नं. ४ का पूर्व वडा अध्यक्ष कर्ण वहादुर श्रीसको १० औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
गलकोट नगरपालिका वडा नं. ११ को वडा कार्यालय, र सोहि वडा भित्र रहेका विभिन्न संघ संस्थाहरु, नेकपा एमाले वडा संगठन कमिटि, रत्न लक्ष्मी माध्यमिक विद्यालय, अभियान कृषि तथा पशुविकास सहकारी संस्था लिमिटेड, वाल संरक्षण मञ्चको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीस, रत्न लक्ष्मी मावि रिघाका सहायक प्राचार्य तुल वहादुर श्रीस, वाल संरक्षण मंचका अध्यक्ष सुमन श्रीस, अभियान कृषि तथा पशुविकास सहकारी संस्था लिमिटेडका प्रवन्धक सोनाम श्रीस लगाएतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेकपा एमाले वडा संगठन कमिटिका सल्लाहकार सदस्य ओम प्रसाद घर्तिको अध्यक्षता तथा नेकपा एमाले वडा संगठन कमिटिका सचिव तेजिन्द्र श्रीसको संचालनमा सम्पन्न भएको थियो। २०५४ सालको स्थानिय निकाय निर्वाचनमा नेकपा एमालेको तर्फवाट निर्वाचीत श्रीसको जेष्ठ २३ गते निधन भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend