साझा नेटवर्क
मनिकला महतारा, जेठ ३१।
विद्यालय जस्तो संवेदनशिल स्थान जहाँ भोलि देश हाक्न सक्ने बालबालिकाले आफ्नो र आफ्नो देशको सुनौलो भविष्यको सपनाहरू बुनि रहेका छन । तेसैको अर्को तर्फ तिनै बालबालिकाहरुको सपनाहरूलाई अवरोध गर्न हामी लागि परेका छौ । कोही विद्यालयलाई आफ्नो निजि सम्पत्ति सम्झन्छौ त कोहि वास्ता नै गर्दैनौ ।
विकास गर्ने नाममा आफुलाई भद्र भलादमि सम्झिनेहरुको चासोपनले गति पाएको छ । साथै अनियमिता, भ्रष्टाचार, घुसपैठ र ढिलासुस्ति पनि मौलाएको छ । यस्तै यिनै विकृतिलाई ज्यादातर सार्वजनिक स्थलहरुलाइ निशाना बनाइएको हुन्छ ।
यस्तै गुल्मी जिल्लाको छापहिले तीनमा पर्ने श्री जमल पोखरा माद्यमिक विद्यालयको निर्माणाधीन भवनमा पनि यी विकृतिहरु प्रष्ट देख्न सकिन्छ । विद्यालय निर्माणको लागी परेको सरकारी योजना अनुसार करिब ४८ लाखको लागतमा छ कोठे दुई तले भवन वर्ष बितिसक्दा पनि निर्माणाधीन अवस्थामै छ ।
“सरकारको काम कहिले जालान घाम” भन्ने उखानलाई यो निर्माणाधीन भवनले प्रष्ट पार्छ । केन्द्रिय बाटोलाई छोएको यो विद्यालय माद्यामिक स्तरको विद्यालय हुदा र विद्यालयका पुराना भवनहरु भत्किएको हुँदा विद्यार्थीहरुलाई पठनपाठनमा त समस्या पक्कै पनि छ ।
पटक-पटक ढिला सुस्तीको विरोध गरिरहदा पनि राजनैतिक चलखेलको आरोप लगाइ आवाजहरु दबाइन्छ । विद्यालयसङ सरोकार राख्नेहरुको भनाइ अनुसार भवन निर्माणमा ढिला सुस्ती मात्रै नभई व्यापक अनियमिता भएको छ । विद्यालय भवन निर्माणको योजना सम्बन्धि कसैलाई पनि सूचना नदिन विद्यालयका प्रा.अ. र विद्यालयका अध्यक्षको मिलोमतोमा भवन निर्माणको ठेक्काको जिम्मा दिएकोले अनियमितताको आरोप पनि सहि भएको पुष्ठि हुन्छ ।
विद्यालय भवनमा अनियमितता र ढिला सुस्ती मात्रै नभई निर्माणकार्यको गुणस्तरतामा पनि सवालहरु उठेका छन।वर्ष बितिसक्दा एक मात्रै ढलान बल्ल तल्ल पुरा भइ नसक्दै निर्माणाधीनमै चुहिएको हर कसैले देखिन सकिन्छ । विद्यालय स्रोतअनुसार एक वर्ष भित्रमा छ कोठा दुई तले भवन तयार गरि यहि असार मसान्तसम्म विद्यालयलाई जिम्मा लगाउनु पर्ने बताएको छ । तर राम्रोसँग एक ढलान मात्रै सकिएको छ ।
के कारणले ढिला सुस्ताइ भाको छ भनी सोध्दा व्यवस्थापन समितिका सदस्यले जबाफ दिन चाह्दैन । के विद्यालय भवन निर्माणमा सरकारी बजेटको अभाव भएको हो ? के आवश्यक कामदार र आवश्यक स्रोतको आपूर्ति हुन नसकेको हो ? या सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको हो, या सरोकारवालाहरुलाई सार्वजनिक कार्य सम्बन्धि कुनै वास्ता नै छैन ?
अन्त्यमा यी सबै कारणको सिधा असर भोलिका देश हाक्न सक्ने बालवालिका को भविष्यमा किन ? अब अनियमितता र ढिला सुस्ताइ जहाँ जे भइ रहेको छ त्यसको छानबिन हुनु विकास र समृद्धिको लागि पनि आवश्यक छ ।
विद्यालय जस्तो सम्वेदनशिल ठाउमा विकास गर्ने नाउमा कसैले पनि अनियमितता र ढिला सुस्ताइ जस्ता विकृतिहरु लाई बढावा दिन पाइदैन । सर्वसाधारणको अनुरोधलाई स्विकार गर्दै यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend