साझा नेटवर्क
बुटवल, जेठ ३०।
नगरहरुलाई पछाडी पार्दै बुटवल उपमहानगरपालिका लगातार पांचौ पटक पनि देशकै सर्बोत्कृष्ट नगर घोषणा भएको छ । संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा देशभरका सबै नगर,उप तथा महानगरपालिकामध्ये बुटवल उत्कृष्ठ बनेको हो ।
०६९ साल यता बुटवल लगातार सर्बोत्कृष्ट हुंदै आएको छ । अघिल्लो बर्ष बुटवल र धनकुटाले बराबर ९१ अंक ल्याएर प्रथम भएकाथिए । आयोगले नगरपालिकाहरुले पालना गर्नुपर्ने न्युनतम शर्त मापनका १० र कार्य सम्पादनका ४० सुचक गरी गरी दुवैमा ५० , ५० अंक मापन गरेर मुल्यांकन गरेको थियो । प्रथम भएलगत्तै नगरपालिकामा आउने अनुदानमा बृद्धि हुने प्राबधान छ ।
सुशाशन, कार्यविधि, समूदाय परिचालन, योजना कार्यान्वयन लगायतका मूल्यांकनको कुल एकसय अंकमा नगरपालिकाले उक्त अंक प्राप्त गरेको हो । उपमहानगरपालिकाले प्रत्येक टोलमा-टोल विकास समिति गठन गरेर उनीहरुमार्फत टोलको विकास, निकास र सरसफाइमा उदाहरणीय काम गरेको छ ।
बुटवलमा स्थानीय शाशन तथा सामुदायीक विकास कार्यक्रम अर्को उपलब्धीमुलक कार्यक्रम हो । उपभोक्तासंगको साझेदारीमा नगरभित्रको टोल-टोलमा सडक विस्तार तथा निर्माण, ढल निकास, फोहोर व्यवस्थापन लगायतका पूर्वाधार विकासका कामहरु पनि भएका छन् ।
बुटवललाई अध्यारोरहीत बनाउन सौर्य सडक बत्ती विस्तार, कृषि उपज तथा थोक बजार केन्द्र संचालन, देशकै नमूना अटो भिलेज संचालन लगायतका महत्वकांक्षी योजनाहरु पनि संचालनमा छन् । लगातार देशकै सर्बोत्कृष्ट भएपनि बुटवललाई महानगर बनाउन भने पहल भएको छैन ।
हेरौ भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend