logo
  • शनिबार, साउन ९ २०८३

लाहुरेलाई प्यासीको नयाँ कोशेली – सिरमा रिबन, के छ र जीवन


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौं, जेठ ३० ।
युवा लोक तथा दोहारी गायक केहरसिंह प्यासीले आफ्नो पाँचौ कोशेली स्वरुप निकै मौलिक गीत लिएर आएका छन् । उनी ‘सिरमा रिबन’ बोलको गीत लिएर बजारमा आएका हुन् । विगत ४ वर्षदेखि नेपाली लोक दोहोरीको क्षेत्रमा स्वर भरिरहेका प्यासी छोटो समयमै निकै चर्चा कमाउन सफल गायक हुन् ।
हरेक पटक निकै फरक प्रकृतिका गीत लिएर आउने प्यासीका हरेक गीत उत्तकै चर्चित छन् । मगर समुदायमा चल्तीको भाकामा उनले ‘सिरमा रिबन, नाचौं, गाऔं के छ र जीवन’ बोलको गीत बजारमा ल्याएका छन् । मगर, गुरुङ समुदायमा निकै चल्तीको यो भाका लाहुरेहरुको निकै प्रीय भाका हो ।
उनले आफूले मौलिक प्रकृतिको गीत लिएर यसपाली बजारमा आएको बताए । ‘अहिलेका गीतहरु भन्दा यो गीत निकै फरक प्रकृतिको छ,’ उनले भने, ‘परदेशमा रहेका दाजुभाई तथा दिदीबहीनीहरुले पक्कै पनि मन पराउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’ उनले आफ्ना अघिल्ला गीतलाई जस्तै यो गीतलाई पनि दर्शक तथा स्रोताले मन पराइदिने अपेक्षा लिएका छन् ।
युटुब मार्फत यो गीत उनले मंगलवार सार्वजनिक गरेका हुन् । हिमालैमा बस्ने चरी मधेशतिर झर्यो, मायासँग भेट भको बेला नाच्न गाउन पर्यो’ लगायतका टुक्काहरु गीतमा समावेश गरिएको छ । गीतको बोल ‘सिरमा रिबन, नाचौं गाऔं के छ र जीवन’ हो ।

झ्याउरे लयमा बुनिएको यो गीत स्रोतलाई लठ्याउने खालको भएको उनले दाबी गरेका छन् । गीतमा प्यासी स्वयम र जुना श्रीष मगरले स्वर भरेका छन् । गीतमा खेम सेञ्चुरीले लय तथा शब्द गरेका छन् । गीतको भिडियोमा प्रकाश भट्ट र अनिता बुढाथोकीले अभिनय गरेका छन् । भिडियो निर्देशन चाहिँ प्रकाश भट्टले गरेका हुन् ।

गुल्मीमा जन्मिएका प्यासीले काठमाडौंलाई कर्म थलो बनाएर राम्रा गीतहरु बजारमा ल्याएका छन् । अघिल्लो पटक उनले संघियता चाहिँदैन बोलको गीत ल्याएका थिए । संघीयताको विषयलाई लिएर देशमा आन्दोलनहरु चलिरहेको बेलामा बजारमा आएको उनको गीतले निकै चर्चा पाएको थियो ।

उनले सुरुमा हङकङ लण्डन बोलको गीत बजारमा ल्याएका थिए । त्यसपछि संघियता चाहिँदैन बोलको गीत बजारमा ल्याएका थिए । त्यसपछि रातो गुन्यु चोली र आशुँ बोलका गीत ल्याएका उनले आफ्नो पाँचौ गीत स्वरुप सिरमा रिबन बोलको गीत बजारमा ल्याएका हुन् ।


गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend