साझा नेटवर्क
बिमल खड्का, बागलुङ जेष्ठ २९ ।
साउदी अरबमा अल सदावी कम्पनीमा राेजगारका लागि गएका एक नेपाली युवकाे अाईतबार बिहान ५ बजे गाडी दुर्घटनामा परि मृत्यु भएकाे छ ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा ७ बर्ष २५ का भिम बहादुर केसी र एक बङ्गाली नागरिकाे घटना स्थलमै मृत्यु भएकाे खबर छ । साथै सोहि घटनामा २ जना गम्भीर घाईते भएका छन । घाईते हुनेमा एक बङ्गाली र एक ईन्डियन नागरिक रहेका बताईएको छ ।
अाईतबार नेपाली समय अनुसार बिहान ५ बजे मुस्लिमहरुकाे रमजन पर्वका लागी हापड सीटिबाट सामान लिएर अाउदै गरेकाे गाडीलाई टेलरले ठक्कर दिदा २ जनाकाे घटना स्थलमै मृत्यु भएकाे हाे ।
मृत्यु हुने नेपाली युवक बिगत ४ बर्ष देखि राेजगारीका लागि साउदीमा लाईट ड्राइभरको रुपमा गाडि चलाउदै अाएका थिए । घाइते बङ्गाली र ईन्डियन नागरिककाे उपचार भइरहेको तुल बहादुर खत्रीले जानकारी दिएका छन ।
स्मरण रहाेस नेपाली युवकाे श्रीमती छोरी रहेका छन । उनका परिवारले छिटो भन्दा छिटो शव नेपाल ल्याइदीन नेपाल सरकारलाई कदम चलाउन अाग्रह गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend