logo
  • शुक्रबार, असोज ९ २०८३

NRNA क्युश्युको अध्यक्षमा हस्त लामाको उमेद्वारी घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, जेठ २८ ।
गैर आवसीय नेपाली संघ (NRNA) क्युश्यु क्षेत्र जापानको आगामी दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युश्यु क्षेत्रिय कमिटि निकै चासोको बिषय बनेको छ । जापान भर करिब १०,००० मतदाता रहेको NRNA मा, टोकियो पछिको सबैभन्दा धेरै सदस्यता भएको क्युश्युमा १५०० भन्दा बढि मतदाता रहेका छन ।

जापानको फुकुओकामा सबैबिच लोकप्रिय रहेका लामा व्यक्तिगत रुपमै धेरै साथि भाईहरुलाई सरसहयोग गर्दै आइरहेता पनि सामाजिक संस्थाबाट भए अझ बढि प्रभावकारि रूपमा उत्रिन सकिन्थ्यो र थप नयां गतिविधिको प्रयोग र आपत बिपतलाई संस्थागत संबोधन गर्न सकिन्छ भन्ने पुर्ण विश्वास र निर्वाचनमा विजयिको सुनिश्चिततामा उमेद्वारि दर्ता गरिएको नेपाली मुलका जापानि नागरिक लामाले बताए ।

जापानको कलेजमा बिगत लामो समय देखि जागिरे लामा आफ्नो १० बर्ष बढिको जापान बसाईको अनुभव एनआरएनए क्युश्युमा दिने बताउंदै नेपालबाट जुन कुनै पनि बिधामा क्युश्युमा आई आफ्नो जिवनयापन गर्दै आउनुभएका सबैसबैलाई समस्या/आपत र बिपत पर्दा दिनको ८ घन्टा सेवा दिने हेतुले एनआरएनए क्युश्युमा आफ्नै कार्यालय संचालनमा आउने भएको छ ।

निर्वाचनमा पराजय भए के गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा, कार्यालय एनआरएनए क्युश्युको आगामि कार्यसमिति (२०१७-२०१९) लाई हस्तान्तरण गरिने लामाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend