logo
  • शुक्रबार, असोज ९ २०८३

धुर्कोटमा कांग्रेस माओवादी तालमेल : उमेदवार भण्डारीको कडा आपत्ति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी जेठ २८।
जिल्लामा पार्टीहरुबिच धेरै पहिलेबाट चुनावी तालमेल भैरहेको छ। एमाले र माओवादी केन्द्रसंगको तालमेल भाँडिएपछि अहिले कांग्रेस माओवादी तालमेलको चरणमा छन् ।जिल्लाको रुरु गाउँपालिकामा तालमेल भइसकेको छ।

शुक्रवार धुर्कोट गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबिच शुक्रबार तालमेल भएको छ। तर कांग्रेस धुर्कोट गाउँपालिकाका उमेदवार बनेको महेन्द्र भण्डारीले त्यो निर्णयलाई पुर्वाग्रही भनेका छन्। साथै उनले सहमती बिना पार्टीले जस्तो सुकै निर्णय गरेपनि रुख चिन्ह लिएर नै चुनावमा जाने उनले बताए ।

‘मेरो सहमती बिना भएको निर्णय मान्य छैन,’ भण्डारीले भने,‘रुख चिन्ह लिएरै चुनाव लड्छु ।’ उनले आफुले उपप्रमुख सहित तीन वडा भए तालमेल गरौ भनिरहेका बेला एकाएक आफु बिरुद्धको निर्णय आउनु दुखद भएको बताए।‘यो निर्णयले मलाई मात्र बेफाइदा होइन,’ भण्डारीले भने,‘ सिङ्गो पार्टी र कार्यक्रर्तालाई फाइदा गर्दैन।

’हिम्मतका साथ चुनावी मैदानमा आएको मान्छे बिरुद्ध पार्टी र नेताबाट यो निर्णय आउने कल्पना समेत नगरेको उनले बताए। शुक्रबार माओवादी केन्द्रलाई गाउापालिका अध्यक्ष सहित दुई वडा, र कांग्रेसलाई उपाध्यक्ष सहित पााच वडा दिने सहमती भएको छ।

कांग्रेसको नगर बिबाद मिल्यो
जिल्लाको सवै भन्दा ठुलो पार्टी कांग्रेसमा रेसुंगा नगरको बिबादले कार्यक्रर्ता अन्यौलमा थिए । तर त्यो बिबाद केन्द्रले मिलाएको छ। लामो समयसम्म उम्मेदवारी घोषणामा अड्किएको रेसुंगा नगरपालिकामा कांग्रेसबाट पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुखको टिकट पाएका छन्। जिल्लाबाट आठ जनाको नाम सिफारिस भएकोमा सभापति समेत रहेका श्रेष्ठको नाम कांग्रेसको शुक्रवारको केन्द्रिय समितिले टुङ्गो लगाएको हो ।

उमेदवार मनोनयको समय नजिक सम्म नगरमा प्रमुख पदकै उम्मेदवारीको टुङ्गो नलाग्दा अहिलेसम्म चुनावी रौनक थिएन । त्यस्तै उपप्रमुखमा अमृता कुंवरको निर्णय भएको छ।‘केन्द्रिय समितिले निर्णय पर्खिएका थियौ’,श्रेष्ठले भने,‘अब प्रचारप्रसारको काम शुरु गर्छौं ।’ प्रमुख पदकै उम्मेदवार लामो समयसम्म टुङ्गो नलाग्दा प्रचारप्रसारमा जुटेका कार्यकर्ता निरास थिए । ‘प्रचार प्रसार अलिअलि थियो, तरकार्यक्रर्ताले बिना दुलाहको जन्ती भनेर खिसी समेत गरे,‘ एक नेताले भने,‘अव तिव्रताका साथ अघि बढ्ने हो।

’ श्रेष्ठ २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तम्घास गाविसका निर्वाचित अध्यक्ष हुन् । अहिलेको स्थानीय निर्वाचनमा कांग्रेसका पुर्व उपसभापति शालिकराम पन्थीले पनि दावी गरेपछि अन्तिम निर्णयका लागि जिल्ला समितिको कार्यदलले केन्द्रमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend