साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ २६ ।
दोस्रो चरणमा हुनलागेको स्थानिय निर्वाचनको निम्ती बिभिन्न इतिहास र राजिनितीक पृष्टभुमीबाट उम्मेदवारहरु बनेका छन् । नेकपा एमालेबाट गुल्मीको धुर्कोट गाउँपालिकामा प्रमुखमा उम्मेदवार बनेका कृष्ण घिमिरे राजनितीमा लाग्दा सरकारी जागिर त्यागेका थिए ।
२०५४ सालमा सम्पन्न स्थानिय निर्वाचनमा उम्मेदवार बन्न ११ वर्ष सरकारी शिक्षण पेसा छोडेर उम्मेदवार बनेका थिए । वाग्ला स्थित भगवती माध्यमिक बिद्यालयमा प्रधानध्यापकमा कार्यरत घिमिरेले सरकारी जागिर बिचैमा छोडेर राजनितीमा लागेका थिए ।
त्यस समयमा घिमिरे जिल्ला बिकास समितिको सदस्यमा निर्वाचित चएका थिए । देस र जनताको सेवाको निम्ती भन्दै उनले सरकारी जागिरै त्यागेर राजनितीमा होमिएका थिए । घिमिरे आगामी असार १४ गते हुने स्थानिय निर्वाचनमा धुर्कोट गाउँपालिकामा प्रमुखमा उम्मेदवार बनेका छन् ।
एमाले गुल्मीको बिभिन्न समयमा जिल्ला सदस्य हुँदै हाल सचिवालय सदस्य एबं कार्यालय सचिव बनेका घिमिरे उक्त गाउँपालिमा शिक्षक सेवा देखि नै लोप्रिय थिए । देस र जनताको निम्ती मेरो जागिर ठुलो हैन घिमिरे भने ‘जागिर भन्दा मैले समाज परिर्वतनलाई ठुलो ठाने जागिर छोडेर जनताको सेवामा लागे ।
राजनितिले समग्र देसको र जनताको ब्यबस्था परिर्वतन गर्छ उनले भने ‘हामी जनताको परिर्वतनका निम्ती लड्ने कार्यकर्ता हौ त्यसका निम्ती राजनितिबाट परिर्वतन ल्याउनु हाम्रो मुख्य लक्ष्य हो ।’ चुनवा नजिकिए सगै घिमिरेले बिभिन्न खाले बिकासका नाराहरु सहित चुनावी प्रचारमा घरदैलो अभियान सञ्चालन गरेका छन् ।
गाउँपालिकाको समग्र बिकास र परिर्वतनका निम्ती उनि मत माग्दै हिडने गरेका छन् । उक्त गाउँपालिकामा काँग्रेसबाट महेन्द्र भण्डारी र माओवादी केन्द्रबाट भुपाल पोखरेल प्रमुख पदका उम्मेदवार छन् । जिल्ला स्तरमा चर्चामा रहेका तिनवटै उम्मेदवार बिच कडा चुनावी प्रतिपर्धा हुने देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend