logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको रुरु गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी जेठ २४।
दोस्रो चरणमा हुाने स्थानिय निर्वाचानमा गुल्मीमा  कांग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल भएको छ। जिल्ला तहमा तालमेल नभएपनि गाउँपालिकामा भने चुनावी तालमेल गरेका छन् । गुल्मीमा रहेका २ नगरपालिका सहित १० गाउँपालिका मध्ये कााग्रेस र माओवादी केन्द्रले रुरु गाउँपालिकामा चुनावी तालमेल गरेका छन् ।

तालमेल अनुसार माओवादी केन्द्रलाई गाउँपालिकाप्रमुख सहित २ वडा अध्यक्ष र उपप्रमुख सहित ४ वडा अध्यक्ष पाउाने गरि तालमेल गरिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धी जिसीले जानकारी दिए । तालमेल अनुसार गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली उम्मेदवार बनेका छन् । कााग्रेसबाट उपप्रमुखमा देबिन्द्र मल्ल उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका ज्ञवाली अखिल क्रान्तीकारी बिद्यार्थी संगठनका केन्द्रिय सदस्य एबंम युवा उम्मेदवार हुन्। तालमेल अनुसार गाउँपालिकामा रहेका ६ वटा वडा मध्ये बंम्घा र बलेटक्सार वडा माओवादी केन्द्रबाट अध्यक्ष पाउने छ भने सदस्यमा बहुमत कांग्रेसले    पाउने  सहमती भएको केन्द्रीय सदस्य जिसीले जानकारी दिए।अन्य वडा मध्ये ४ वटा वडाहरु थानपती, रुरु,रिमुवा र ग्वादी वडाहरुमा कााग्रेसबाट अध्यक्ष उम्मेदवार उठाउने सहमती गरेका छन् ।

सहमती अनुसार कांग्रेस अध्यक्ष उम्मेदवार भएको स्थानमा माओवादी केन्द्रबाट सदस्य उम्मेदवार उठाउने समहती भएको छ । उक्त गाउँपालिकामा एमालेको बाहुल्यता रहेको छ। एमाले केन्द्रिय सचिव प्रदीप ज्ञवालीको गाउापालिमाका पर्दछ । उक्त गाउँपालिकामा पहिले देखि नै एमालेको गड एरिया मानिन्छ।एमालेको गड एरिया तोडन भन्दै कााग्रेस र माओवादी केन्द्र मिलेर चुनावी मैदानमा उत्रिने भएका छन् भने एमाले एक्लै चुनावी मैदानमा उत्रिने भएको छ।

उक्त गाउँपालिकामा एमालले निलकण्ठ गौतमलाई प्रमुख र उपप्रमुख लक्ष्मिदेवी पन्थलाई उम्मेदवार बनाएको छ ।केहि महिना अघि एमाले संग जिल्ला भर तालमेल गर्ने चर्चा चलेपनि त्यो भने सफल हुन सकेन्।एमाले भित्र कार्यकर्ताको दवार र मतपत्रको अबस्था पनि तलमाथी रहेको भन्दै तालमेल भंग भएको थियो । जिल्ला स्तरका नेताहरुबाट भएको चुनावी तालमेल एमालेबाट भंग भएपछी माओवादी केन्द्रले एमालेका नेताहरुले काचो निर्णय भएको बताएका थिए ।

जिल्लामा अन्य गाउँपालिकाहरुमा बिभिन्न पार्टीहरु बिच चुनावी तालमेलको चर्चा चलेपनि सफल भएको छैन् । जिल्लामा रहेका अन्य गाउँपालिकाहरुमा एक्लाएक्लै चुनावी मैदानमा उत्रिने भएपनि कालिगण्डकी गाउँपालिकामा भने एमाले र माओवादी केन्द्र बिच चुनावी तालमेलको लागी छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend