साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी जेठ २३ ।
जिल्ला प्रशासन कार्यालय गुल्मी र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मीबीच जवाफदेहीपन, पारदर्शिता र सदाचार प्रर्वद्धनका लागि हस्ताक्षरित प्रतिबद्धता पत्रको कार्यान्वयनका लागि गठित प्रतिबद्धता पत्र अनुगमन समितिको बैठक समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त बैठकले प्रतिबद्धता पत्रमा उल्लेखित कुराहरु प्रभावकारी रुपमा कार्यान्वयन भए नभएको बारेमा समिक्षा गरि आगामी दिनमा यस कार्यालयबाट प्रवाहहुने सार्वजनिक सेवालाई छिटो छरितो, सहज र आम नागरिकका लागि पहुँचयोग्य बनाउन हरपल लागिपर्ने प्रतिबद्धता व्यक्त गरियो ।
उक्त बैठकमा प्रशासकिय अधिकृत रामचन्द्र पन्थी, भक्तिराम मरासिनी, सुशासन अभियान गुल्मीका तर्फबाट अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय तथा कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम संस्थाका सह–सचिव विनोद पाण्डेय, र कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend