logo
  • शुक्रबार, असोज ९ २०८३

विकासको पुल बनेर काम गर्ने इच्छा छ वडा अध्यक्षका उम्मेदवार अर्याल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी जेठ २३।
गुल्मीमा चौतिस वर्ष सम्म अध्यापन गराई रहेका एक शिक्षकले अध्यापन छोडेर वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । रुरु गाउँपालिकाको वडा नं. २ ग्वादीबाट उम्मेदवार बनेका घनश्याम अर्याल लामो समय सम्म शिक्षक पेसालाई बिश्राम गरी वडा अध्यक्षमा उम्मेदवार बनेका छन् ।

२०४० सालबाट सरकारी जागिरे अर्थात शिक्षण पेसामा प्रबेश गरेका शिक्षक अर्यालले वडा अध्यक्षमा उम्मेदवार बन्न केहि महिना अघि राजिनामा दिएरका हुन ।नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका अर्याल शिक्षण पेसालाई बिश्राम गरेर समाज सेवामा लागेको बताए।

अध्यापनबाट धेरैलाई शिक्षा दिएर समाज परिर्वतनमा भुमिका निभाए शिक्षक अर्यालले भने ‘अब समाज सेव गर्ने इच्छा छ त्यसका निम्ती वडा अध्यक्षको उम्मेदवार बने ।’शिक्षक पेसामा रहेर पनि समाजका बिभिन्न संघ संस्थामा रहेर महत्वपुर्ण भुमिका निभाएका शिक्षक अर्याल त्यस क्षेत्रका लोकप्रिय ब्यक्ति मानिन्छन्।

वडा अध्यक्षका उम्मेदवार अर्याल शिक्षक सेवा रहुन्जेल समाजमा निष्पक्ष र पारदर्सी रुपमा गरेका बिभिन्न कामहरुले समाजमा स्थापित छन् ।धेरै कामहरु शिक्षक सेवामा रहदा पनि गरियो शिक्षक अर्यालले भने,‘अब निर्वाचित जनप्रतिनिधी बनेर काम गर्ने इच्छा आयो त्यसका लागी सबैको सहयोग रहने छ।

’समाजमा परिर्वतनमा शिक्षित वर्गको महत्वपुर्ण जिम्मेवारी र भुमिका रहन्छउनले भने,‘त्यसको निम्ती हामी पछी हटेर होइन समाजमा केहि गरेर परिर्वतन ल्याउनु पर्छ ।’ बिकासका निम्ती जनप्रतिनिधी महत्वपुर्ण पाटो हो शिक्षक अर्यालले भने,‘निर्वाचित भए बिकासका निम्ती पुल बनेर काम गर्ने इच्छा छ।

’निर्वाचनको मितीनजिकिए सगै शिक्षक धनश्याम अर्याल यतिबेला गाउामा घरदैलो अभियानमा व्यस्त छन् । नेकपा एमालेको बिगतदेखि पकड क्षेत्रमा लोकप्रिय ब्यक्ति उम्मेदवार बनेको हुादा चुनाव जित्नेमा ढुक्क रहेको कार्यकर्ताहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend