साझा नेटवर्क
महेश बोहरा, बुटवल जेष्ठ २२।
नेपाली लोकसंगीतको दुनियाँमा “अजम्बरी माया” अनि “गायक” जस्ता सफल गीतहरु पस्केका शब्द लेख्न खप्पिस रहेका शब्द संकल्क रामजी बोहराको हालै मात्र सुनको बिस्तरा लोक गीत सार्वजनिक भएको छ । योग्सना डिजिटल प्रा.लि.बाट बजारमा आएको गीत सुनको बिस्तरामा बिष्णु माझी र अबिरल बोहराले स्वर भरेका छन ।
यस गीतको लय सिर्जना गणेश अधिकारीले गरेका छन भने शब्द रामजी बोहराको रहेको छ । पछिल्लो समय शब्द लेख्न माहिर रहेका बोहराले यसै गीत मार्फत अभिनयमा समेत प्रबेश गरेका छन, उनलाई यस म्युजिक भिडियोमा चर्चित मोडेल सारिका के.सी.ले साथ दिएकी छिन ।
यस गीतलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन । यस गीत पनि माया प्रेममा नै आधारित रहेको बोहराले बताए । नेपाली लोकदोहोरी गीतहरुको भिडमा यस गीतले पनि छुट्टै पहिचान बनाउन सफल हुनेमा आफु बिश्वस्त रहेको उनले जिकिर गरे ।
प्रस्तुत गीतका शब्दहरु निकै नै मार्मिक र मर्मस्पर्शी रहेका छन । पाए पनि बिस्तरा सुनैको,मेरो निदले काख खोज्छ उनैको, मैले हेर्ने आँखामा नानी छ तिम्रो, माया गछौ असाध्यै थाछ मलाईनी, अल्लि बढी शंकालु बानी छ तिम्रो ,जस्ता शब्दले भरिएको छ । यस गीतलाई हेरेर सुनेर साथ दिन दर्शक तथा श्रोतालाई आग्रह गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend