साझा नेटवर्क
अनिल खत्री गुल्मी,जेठ २१।
दोस्रो चरणमा हुने स्थानिय तह निर्वाचनमा गुल्मीमा नौ वटा मतदात केन्द्र सम्बेदनशिल रहेका छन्। गाउँपालिकाको केन्द्रबाट टाढा र सडक सञ्जालले नछोएका स्थानमा मतदान केन्द्र हुादा सुरक्षा सगै मतपत्र ल्याउन र लैजान समस्या पर्ने देखिएको छ ।
जिल्लमा रहेका कुन मतदान केन्द्र २ सय ४० मध्ये ९ वटा मतदान केन्द्रमा सवारी साधन नपुग्ने र पैदल जाादा २ घण्टा देखि ४ घण्टा सम्म लाग्ने जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।सवारी साधन नपुग्ने मतदान केन्द्रहरुमा इस्मा गाउँपालिकाको वडा नं. ४ स्थित चन्द्र आधारभुत बिद्यालय रहेको छ। जुन केन्द्र रहेको स्थानमा गाउँपालिकाको केन्द्रबाट ३ घण्टा पैदल यात्रा पछी पुग्न सकिने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
यस्तै कालिगण्डकी गाउँपालिकाको वडा नं. २ को दवौखानी माबि बिसौनामा गाउँपालिकाको केन्द्रबाट ४ घण्टा पैदल हिाडनु पर्ने रहेको छ। सोहि गाउँपालिकाको वडा नं.३ को जयखानी माबि र देबिस्थान माबि रहेका छन् । उक्त दुई केन्द्रमा पुग्न २ घण्टा पैदल हिडनु पर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।सडक सञ्जालबाट टाढा रहेको चन्द्रकोट गाउँपालिकाको वडा नं.८ को जनता निकेतन माबि, मालिका गाउँपालिकाको वडा नं. २ को च्यानडाडा आधारभुत बिद्यालय रहेका छन् ।ति मतदान केन्द्रमा पुग्त २ घण्टा पैदल लाग्ने बताइएको छ। त्यस्तै सत्यवती गाउँपालिकाको वडा नं.२ को गगनपुर आधारभुत बिद्यालय रहेको छ। उक्त मतदान केन्द्रमा पुग्न २ घण्टा पैदल हिडनु पर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । सोहि गाउँपालिका कै वडा नं.५ को बिष्णुमती आधारभुत बिद्यायल रहेको छ ।
उक्त मतदान केन्द्रमा पुग्न ४ घण्टा पैदल हिडनु पर्ने बताइएको छ। सोहि गाउँपालिकाको कै वडा नं. ८ स्थित इश्वर प्रबि रहेको छ । उक्त मतदान केन्द्रमा पुग्न ३ घण्टा पैदल हिडनु पर्ने अबस्था रहेको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।मोटरबाटो नपुगेका उक्त मतदान केन्द्रमा मान्छेले बोकेर मतपत्र लगायत निर्वाचनका समाग्री ल्याउने र लैजानु पर्ने अबस्था रहेको खत्रीले बताए ।
मान्छेले लामो समय सम्म बोकेर लैजान र ल्याउने लाग्ने हुादा समेत सुरक्षा सम्बेदनशिलता पनि देखिएको छ। वर्षातको समयमा निर्वाचन हुने हुादा समेत अन्य स्थानमा पनि सवारी साधनहरु पुग्न कठिन देखिएको छ । ग्रामीण भेगका कच्ची सडकहरु वर्षातको पानिले बगाएर ठुला खाडलहरु बनाउदा सवारी साधनहरु हिडडुल गर्न कठिन हुने देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend