logo
  • शनिबार, असोज १० २०८३

बागलुङमा अनलाईन मार्फत घटना दर्ता गर्ने तयारी हुँदै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बाग्लुङ जेष्ठ २० ।
घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणमा सुचना प्रणलीको प्रयोग सम्वन्धी चार दिने तालिम खर्वाङमा सुरु भएको छ ।
बागलुङ क्षेत्र नं. ३ भित्रका वडा सचिव तथा सामाजिक परिचालकहरुको लागि संचालन गरिएको तालिममा जिल्ला समन्वय समिति बागलुङका मिन वहादुर थापा र राजेन्द्र शर्माले सहजिकरण गरिरहनु भएको छ।
आज भएको उद्घाटन कार्यक्रममा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सरकारी सेवा प्रविधि मैत्रि हुनु पर्ने वताउनु भएको छ। कार्यक्रम वडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष विष्णु भुसालको अध्यक्षता, वडा सचिव गिता पौडेलको स्वागत मन्तव्य तथा थम्मन रेश्मीको संचालनमा सम्पन्न भएको थियो ।

तालिम पश्चात व्याक्तिगत घटना का कार्य सुचना प्रणाली मार्फत गर्ने वताईएको छ। यस अघि जेष्ठ १५ गते वाटै घटनादर्ता सुचना प्रणाली मार्फत गर्ने वताइएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend