logo
  • शुक्रबार, असोज ९ २०८३

भरतपुरको मतपत्रका विषयमा शनिबार निर्णय हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, जेठ १९ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको शनिबारसम्म निरुपण हुने बताउनुभएको छ ।

निर्वाचन आयोग परिसरमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नष्ट भएका मतपत्रलाई कसरी व्यवस्थापन गर्ने, मत गणना गर्ने की पुनः निर्वाचन गर्ने भन्ने विषयमा विभिन्न कोणबाट छलफल भए पनि निचोडमा पुग्न भने बाँकी रहेको जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी रेणु दाहाल तथा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा रहेको देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend