logo
  • शनिबार, असोज १० २०८३

बडिगाड गाउँपालिकामा जनप्रतिनिधिले काम सुरु गरे


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बाग्लुङ जेष्ठ १८ ।
बडिगाड गाउँ कार्यपालिकाको पहिलो वैठकले सडक नपुगेका वडा कार्यालयमा पहिलो प्राथमिकताका साथ सडक पुर्याउने निर्णय गरेको छ। विहिवार पदभार ग्रहण संगै वसेको वैठकले सो निर्णय गरेको हो।

वैठकले गाउँपालिका भित्र भूमिहिन जनताको पहिचान गर्न समिति गठन गरेको छ। त्यस्तै पालिका कार्यालयको लागी आवश्यक जग्गा व्यावस्थापन गर्न अध्यक्ष मेयरसिंह पाइजाको संयोजकत्वमा ३ सदस्यिय समितिको गठन गरेको छ।

समितिमा उपाध्यक्ष अम्वर वहादुर श्रीस र वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेल रहनु भएको छ । शुक्रवार अधिकाशं वडाहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend