logo
  • शुक्रबार, असोज ९ २०८३

परदेशीको पिडा : खबर कसले लान्छ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

महेश बोहरा, बुटवल जेष्ठ १८।
पछिल्लो समयमा प्रदेशीका दुःख, पीर बेदना समेटिएका मार्मिक धेरै गीतहरु बजारमा आउका छन । यसैक्रममा शैली क्रियसनबाट आएको खबर कसले लान्छ र पनि एक हो । यस गीतमा चर्चित गायक रामचन्द्र चन्द र शान्ता परियारले स्वर भरेका छन् ।
शब्द प्रकाश रनपछाईको रहेको छ भने लय गायक रामचन्द्र चन्दले नै बनाएका हुन । यस गीतले धेरै प्रदेशिहरुको मन जित्न सफल भएको छ । यस्तै यो गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ । उक्त म्युजिक भिडियोमा भने मिलन अर्याल र मिना कार्कीको अभिनय रहेको छ ।

गुल्मी जिल्लाको पश्चिमी क्षेत्र अजैमा हुर्केका मिलनले सानै उमेर देखी नै साहित्य क्षेत्रमा कलम चलाएका थिए । उनका हाल सम्म तिनवटा कृतिहरु बजारमा उपल्बध छन । “मुटुको घाउ” कविता संग्रह “आत्मा हत्या” निबन्ध संग्रह र माया प्रेम सम्बन्धी पुस्तक बजारमा आईसकेको उनले बताए । उनि अहिले भने सांगीतकि क्षेत्रमा प्रबेश गरेका छन ।

पछिल्लो समय नेपाली लोकदोहोरी गीतका म्युजिक भिडियोमा भएका बिकृतिलाई चिदै यस गीत “खबर कसले लान्छ” र भन्ने गीतको भिडियो बजारमा आएको छ । यस गीतमा बिषेश गरी प्रदेशीको पिडालाई भिडियोमा उतार्ने प्रयास गरिएको छ ।

हामी संगको कुराकानीमा मोडल अर्यालले यो आफ्नो पहिलो प्रयास भएको र अझै निरन्तर काम गदै जाने बताए । उनले यस गीतलाई एक पटक हेरेर सल्लाह शुझाव दिन पनि आफ्ना दर्शकलाई अनुरोध गरेका छन । उनले आफुलाई यो स्थानसम्म ल्याने घर परिबार, साथीभाई आफ्न्तजनहरुलाई कृतज्ञता समेत प्रकट गरे ।

हेरौ उनले अभिनय गरेको म्युजिक भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend