साझा नेटवर्क
अनिल खत्री,गुल्मी जेठ २६ ।
एकीकृत सम्पति कर सम्बन्धी अभिमुखी करण गोष्ठी गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा एकीकृत सम्पति कर सम्बन्धी सरोकारवालाहरु संग छलफल गरिएको थियो ।

कार्यक्रममा संघिए मामिला तथा स्थानिय बिकास मन्त्रालयका शाखा अधिकृत तुल्सीराम मरासिनीले एकीकृत सम्पति कर सम्बन्धी करको अबस्था कसरी उठाउ सकिने बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले एकीकृत सम्पति कर सम्बन्धी जानकारी तथा छलफल गरेका थिए ।

कार्यक्रम रेसुङ्गा नगरपालिका गुल्मीका कार्यकारी अधिकृत बावुराम पल्लीको अध्यक्षता सम्पन्न कार्यक्रममा स्थानिय बिकास अधिकारी डिलाराम पन्थीको प्रमुख आतिथ्यता र संघिए मामिला तथा स्थानिय बिकास मन्त्रालयका शाखा अधिकृत तुल्सीराम मरासिनीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानिय बिभिन्न राजनितीक दलका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रमुख,सरकारी तथा गैरसरकारी कार्यलयमा प्रमुख,पत्रकारहरुको सहभागितामा रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend