logo
  • शुक्रबार, असोज ९ २०८३

दोस्रो चरणको चुनावमा एमाले कठोर बन्दै, तालमेल नगर्ने रणनीति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, जेठ १६ ।
दोस्रो चरणको चुनावमा एमाले कठोर बन्ने देखिएको छ । पहिलो चरणको चुनावमा तालमेल गर्दा कुनै ठाउँमा धोका पाएपछि एमालेले दोस्रो चरणको चुनावमा तालमेलको नीति अबलम्बन नगर्ने तयारी गरेको एमालेका एक शिर्ष नेताले बताए ।
पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो नीति अघि बढाएको एमाले स्रोत बताउँछ । नेपाली कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको समाचार स्रोत बताउँछ ।

‘पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन । त्यसको विभिन्न कारण होलान, समीक्षा हुन्छ,’ एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो । आमरुपमा एक्लै लड्छौं ।’ उनले स्थानीय आवश्यकताको आधारमा चुनावी गठबन्धन नकार्न नसकिने बताए । पहिलो चरणका चुनावमा लमजुङ र बाग्लुङमा मात्रै गठबन्धन प्रभावकारी देखिएको उनको विश्लेषण छ ।

यसअघि एमालेले केन्द्रीय स्तरबाटै काठमाडौं र ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको थियो । एमाले दोस्रो चरणको स्थानीय चुनावमा पहिलो दल बन्ने रणनीतिका साथ चुनावमा उत्रिने तयारी गरेको स्रोत बताउँछ ।

प्रदेश नम्बर एक र पाँचमा राम्रो परिणाम आउने अपेक्षा लिएको एमालेले सात नम्बर प्रदेशमा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने र प्रदेश नम्बर दुई मा त्रिपक्षीय प्रतिस्पर्धाको अपेक्षा लिएको छ । मधेसवादी दलसँग सम्बन्ध समान्य बनाउने र गठबन्धनका लागि समेत स्थानीय स्तरमै छलफल भइरहेको एमाले स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend