logo
  • शनिबार, असोज १० २०८३

धादिङमा बस दुर्घटना ३ जनाको मृत्यु, १७ घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं जेठ १४।
धादिङबेसीबाट खहरे जाँदै गरेको ग १ ख ३८०५ नम्बरको यात्रुबाहक बस निलकण्ठ नगरपालिकामा बस दुर्घटनामा परेको हो।दुर्घटनामा ३ जनाको मृत्यु भएको र १७ जना घाइते भएको धादिङका डीएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

उनका जानाकारी अनुसार अहिले पनि उद्धार कार्य जारी रहेको बताए । घाइतेहरुलाई अस्पताल लगिएको छ।मृत्यु हुनेहरुको सनाखत हुन नसकेको उनले जानकारी दिए।निलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा बस दुर्घटना भएको डीएसपी पञ्जियारले जानकारी दिए ।“अहिलेसम्म तीनजनाको मृत्यु भएको छ,” उनले भने,“घाइतेलाई अहिले उपचारका लागि सदरमुकाम ल्याउने काम भैरहेको बाताएका छन्।

” बस सडकबाट करिब तीनसय मिटर तल खसेको बताए । पानी परेका कारण सडक चिप्लो भएकाले बस दुर्घटनामा परेको हुन सक्ने उनले जानकारी गराए ।डीएसपी पञ्जियारका अनुसार धादिङबेसीबाट यात्रु बोकेर गएको बस बीच बाटोमा विग्रिएपछि यात्रुलाई गन्तब्यमा पुर्याउन स्कुल बस बोलाइएको थियो। सोही बस दुर्घटनामा परेको हो।

राति भइसकेका कारण पनि उद्धारमा निकै कठिनाइ भएको उनले जानकारी दिए। स्थानीय, सशस्त्र प्रहरी,नेपाल प्रहरी लगायत दुर्घटनापछि उद्धारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend