साझा नेटवर्क
चोम बिष्ट रोल्पा,जेठ १३।
रोल्पा देखि धेरै टाढाको दुरिमा रहेको उपेक्षित क्षेत्र दुर्गम मानिने साबिकको गाबिस जिनाबाङको वडा नम्बर ३ मा घोप्टे ओडारमा रहेको थियो ।
श्री सिद्धार्थ माध्यमिक बिधालय सरकारको तर्फबाट प्राबी सम्म रहेको र माबी तहको लागि निजि स्रोत स्थानीय जनताबाट संचालन रहेको उक्त क्षेत्रमा राज्यले कुनै पनि श्रोत र साधन उपलब्ध नगरेपछि आफैं स्थानीय जनता युवा बृद्धाले राम्रो अनि नमुना रुपकै बिधालय बनाउनुपर्छ भन्ने उद्देश्यका साथमा मिति २०७३ साल जेठ २८ गते देखि संचालन भएको हो।
अहिले बिधालय भवन निमार्ण भैरहेको छ। बिधालयको भूगोल समथल भाग नभै अग्लो भिरालो भएको हुदा फिल्ड निकाल्नको लागि कटान गर्नु परेको हो र पानी पनि नजिक नहुदा टाढा बाट ल्याइने र हरेक क्षेत्रमा आर्थिकको जोहो गर्नु पर्ने हुदा धेरै पटक राज्य समक्ष ध्यानाकर्षण गरे पनि कुनै सुनुवाइ नभएपछि अहिले आफै गाउलेले सक्दो सहयोग आर्थिक रकम संकलन गरेर यो काम थालनी गरेका बताए।
अभियानको उदेस्य दोन्द,पीडित,अनाथ,टुहुरा,अपाङ्ग यी बालबालिकाहरुलाई आवासीय कक्षा १२ सम्म निशुल्क पढाइ रहेको साथै सम्पुर्ण बालबालिकालाई प्रविधिहरु शिक्षाको बिस्तार अभियानको मुल उद्देश रहेको अभियानका संयोजक प्रेम बहादुर ओलिले बताउनु भयो।यस अभियानमा एन आर एन ए साउदी र स्वडेनले भौतिक निर्माणमा सहयोग गरेको साथै अन्य सहयोगी दाताहरूले पनि पनि अक्षकोषमा संकलन गर्दै
आएको र सहयोगी दाताहरूले हामिलाइ सहयोग गरेको खण्डमा यस बिधालयको लक्ष्य उद्देश्य पुग्नलाई सहज बाताबरण हुने समेत बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend