साझा नेटवर्क
काठमाडौं, जेठ १३।
काठमाडौंबाट सोलुखुम्बुको लुक्लाको विमानस्थलको लागि उडेको गोमा एयरको ९एन–एकेवाई जहाज खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका २ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा दुर्घटना भएको हो।
शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दलका क्याप्टेन पारसकुमार राईको पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका सह–क्याप्टेन सृजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको बताए ।
हाल बोल्न सक्ने अवस्थामा रहेकी एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि डाइनास्टी हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीका कारण छुप्लुङमा आकस्मिक अवतरण गराइएको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend