logo
  • शनिबार, साउन ९ २०८३

उपराष्ट्रपति पुन चीनको भ्रमणमा जादै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौं, जेष्ठ २६ ।
सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमण स्वीकृत गरेको छ । पुनले यही जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत गरेको बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।

Pm-office

यसैगरी सरकारले केही सचिवहरुको सरुवा पनि गरेको छ । मन्त्री पाण्डेका अनुसार विज्ञान मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिचाईंमा र सिचाईं सचिव अनुपकुमार उपाध्यायलाई विज्ञान मन्त्रालयमा सरुवा गरिएको छ ।सरकारले स्वास्थ्य सेवाको ११ औं तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा पनि गरेको छ ।

यसैगरी सरकारले २०६२-६३ को जनआन्दोलमा घाइते भएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । उप्रेतीको हाल थाइल्याण्डमा उपचार भइरहेको छ । उप्रेतीको उपचारका लागि सो रकम थाइल्याण्डस्थित राजदूतावासमा पठाउने मन्त्रिपरिषद बैठकपछि उद्योगमन्त्री पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend